हुम्लाको ५४ मतदान केन्द्रमा २५४ कर्मचारी खटिए

सिमकोट । स्थानिय तहको निर्वाचन हुन अव ५ दिन बाँकी रहेको छ । जिल्लामा रहेका ५४ वटा मतदान केन्द्रका लागि २५४ जना कर्मचारी खटिएको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जानकारी दिएको छ । शनिबारसम्म ३४ वटा मतदान अधिकृतले मतपत्र सहितका सामाग्राी बुझिलिएको निर्वाचन कार्यालय हुम्लाका सूचना अधिकारी श्याम बहादुर रानाले बताउनुभयो । आज आइतबार २० वटाले […]

हुम्लामा ३८ हजार मतपत्र आइपुग्यो

सिमकोट । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका आवश्यक मतपत्रलगायत निर्वाचन सामग्री बिहिबार जिल्लामा आइपुगेको छ । दुई दिन लगाएर नेपालगञ्जबाट ३८००० हजार मतपत्र लगायत ५८ प्रकारका मतदान केन्द्रमा आवश्यक पर्ने निर्वाचन सामाग्री जिल्लामा पुगेको जनाइएको छ । ३८ हजार मतपत्र बिहिबार जिल्लामा हेलीकप्टरमार्फत पुगेको भने बुधबार मतपेटीका लगायतका निर्वाचन सामाग्री पुगेको हो […]

जेठ १ गतेबाट आइतबार र शनिबार बिदा दिने सकारको निर्णय

काठमाडौँ । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेका छ । जेठ १ गतेदेखि लागु हुनेगरी सरकारले सो निर्णय गरेको हो । हप्तामा दुई दिन बिदा भए पनि कार्यालय समय भने बढाइएको छ । बिहान साढे ९ बजेदेखि र साँझ साढे ५ बेजसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा […]

दुई वर्षपछि भौतिक रूपमा एसइई

सिमकोट । माध्यमिक शिक्षा परीक्षा, कक्षा १० ९एसइई० दुई वर्षपछि आजबाट भौतिक रूपमा सञ्चालन हुँदै छ । लगातार दुई वर्ष कोभिड– १९ का कारण भौतिक रूपमा एसइई परीक्षा नहुँदा विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले ग्रेडसिट जारी गरेकोमा यस वर्ष राष्ट्रियस्तरमै परीक्षा सञ्चालन भइरहेको छ । यस पटकको माध्यमिक शिक्षा परीक्षा ९ एसईई० मा ९४ […]

गोला प्रथाबाट टिक वितरण हुँदा, कुटिए माओवादी नेता जैसी

सिमकोट । हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा गोला प्रथाबाट टिक वितरण भएपछि नेकपा माओवादी केन्द्र कणार्लली प्रदेशका सहसचिव लालकेश जैसी कुटिएका छन् । आफूले टिकट नपाएको झोकमा हुम्लामा एक अध्यक्ष प्रत्यासीले सहसचिव जैसीलाई हातपात गरेका हुन् । हुम्लाको चंखेली गाउँपालिकाको अध्यक्षका लागि गोला प्रथाबाट उम्मेदवार छनोट गरेपछि मनमुटाव भएको थियो। । गाउँपालिकामा आठ जना अध्यक्षको आकांक्षा […]

बेरोजगार युवालाई दुई महिने आधारभूत फर्निचर निर्माण तालिम

सिमकोट । आयआर्जन तथा जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले बेरोजगार युवाका लागि दुई महिने आधारभूत तालीम हुम्लाको सदरमुकाम सिमकोटमा शुरु भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय हुम्लाको सहयोगमा सञ्चालीत दुई महिने आधारभूत फर्निचर निर्माण तालीममा १२ जना युवा सहभागी छन् । सिमकोट र खार्पुनाथ गाउँपालिकाका बेरोजगार युवालाई यस सम्बन्धी तालिम दिई उपभोक्ताको माग […]

हुम्लामा नयाँ भाडादर निर्धारण

सिमकोट । हुम्लामा सञ्चालन हुँदै आएका छोटो तथा लामो दुरीका यातायातका लागि नयाँ भाडादर निर्धारण गरिएको छ । प्रशासन कार्यालय हुम्लाले जिल्लाभरका सबै रुढप्रमिटको भाडा दर कायम गरेको छ । हुम्लामा रुड कायम तथा कच्चि सडकमा सञ्चालन हुँदै आएको भाडा दर निर्धारण कायम गर्ने उदेश्यका साथ जिल्ला प्रशासन कार्यालयमा बसेको बैठक निर्णय गरेकोे हो । […]

कार्यकर्ता भेटघाट गर्न गृह जिल्ला पुगे पर्यटन मन्त्री लामा

सिमकोट । नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्र हुम्लाबाट कर्णाली प्रदेशको उधोग पर्यटन वन तथा बाताबरण मन्त्री छिरिङ डम्दुल लामा (कार्चेन) आज विहान गृह जिल्ला हुम्ला पुग्नु भएको छ । कार्यकर्ता भेटघाटका लागि पर्यटन मन्त्री लामा आज विहान हुम्लाको सदरमुकाम सिमकोटमा पुग्नु भएको हो । मन्त्री लामा यस भन्दा अगाडी हुम्लाको पहिलो शहिद परिवारलाई भेट्न दक्षिण […]

सरकारी कार्यालय प्रमुखले हुम्ला छाड्दा प्रजिअको अनुमती लिनुपर्ने

सिमकोट । जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखले जिल्ला छोड्नु परे अनिर्वाय रुपमा प्रमुख जिल्ला अिधकारीको अनुमति लिनुपर्ने भएको छ । कार्यालय प्रमुखहरु ध्ेरै जनाले जिल्ला छोड्दा आफु खुसि जाने र गएल समेत रहेको देखिएपछि नयाँ प्रमुख जिल्ला अधिकारी सीता परियारले उक्त निर्देशन दिनुभएको हो । हुम्लामा सरुवा भएर जिल्लामा आएको पहिलो दिन नै कार्यालय प्रमुखहरुसँको […]

दक्षिण हुम्लामा भाइरल ज्वरोका विरामी बढे

सिमकोट । हुम्लाको दक्षिण भेगमा यतिबेला भाइरल ज्वरोका बिरामीको संख्या उच्च रहेको छ । दक्षिण भेगमा सहित जिल्लाभर ज्वरोका विरामीको संख्या दिनप्रति दिन बढ्दै गएको छ । कोभिड १९ को नयाँ भेरीयन्ट ओमिक्रोन संक्रमण देशभरी फैलिनु भन्दा केही महिना यता उक्त बिरामीको संख्यामा बृद्धी हुन थालेको स्वास्थ्यकर्मीहरुले बताएका छन । माघ महिना सकिएर फागुन महिना […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]