गोला प्रथाबाट टिक वितरण हुँदा, कुटिए माओवादी नेता जैसी

नेपालचेक समाचारदाता शुक्रबार, बैशाख ०९, २०७९

सिमकोट । हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा गोला प्रथाबाट टिक वितरण भएपछि नेकपा माओवादी केन्द्र कणार्लली प्रदेशका सहसचिव लालकेश जैसी कुटिएका छन् । आफूले टिकट नपाएको झोकमा हुम्लामा एक अध्यक्ष प्रत्यासीले सहसचिव जैसीलाई हातपात गरेका हुन् ।

हुम्लाको चंखेली गाउँपालिकाको अध्यक्षका लागि गोला प्रथाबाट उम्मेदवार छनोट गरेपछि मनमुटाव भएको थियो। । गाउँपालिकामा आठ जना अध्यक्षको आकांक्षा राखेको तर, पार्टीका कर्णाली प्रदेशका सहसचिव जैसीले अरुको वास्ता नै नगरी एकलौटी रुपमा गोविन्द शाही (प्रज्वलन) र सुरविर ऐडी दुई जनाबीच गोलाप्रथा गरेपछि लफडा मच्चिएको हो । लफडा ठूलो रुप लिएपछि अध्यक्षका आकांक्षी धुव्रबहादुर शाहीले माओवादीका प्रदेश नेता जैसीलाई कुटेका स्थानीय माओवादी नेताहरुले बताउँछन् ।

गोलाप्रथाबाट गोविन्दबहादुर शाहीलाई गाउँपालिका अध्यक्षमा छनोट गरिएको थियो । आठ जना आकांक्षी हुँदाहुँदै एकल रुपमा जैसीले उम्मेदवार छनोट गरिएकोमा माओवादी नेता कार्यकर्ताहरुले विरोध गरेका छन् । यस विषयमा जानकारी लिन खोज्दा सहसचिव जैसीसँग सम्पर्क हुन सकेन । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी अधिकारीले आफूहरुलाई घटनाको बारेमा कसैले जानकारी नदिएको जनाएका छन् ।

कांग्रेसमा पनि उस्तै

टिकट वितरणमा सहमती नभएपछि सिमकोट गाउँपालिका वडा नं. १ दोजामका नेपाली कांग्रेस कार्यकर्ता बीच पनि कुटाकुट भएको छ । वडा अध्यक्षको टिकटको विषयलाई लिएर वडा अध्यक्षका आकांक्षी हिमाल लामा र कुञ्छाङ लामा बीच सिमकोट कालिञ्चोकमा अपरान्ह ४ बजे आसपासमा हात हालाहाल भएको हो ।
पार्टीले स्थानीय कमिटिबाटै सहमती गरेर आउन निर्देशन दिए अनुसार एकले अर्कोलाई सहमती नगरेपछि उनिहरुबीच कुटाकुट भएको हो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]