सिमकोट । हुम्लाको दक्षिण भेगमा यतिबेला भाइरल ज्वरोका बिरामीको संख्या उच्च रहेको छ । दक्षिण भेगमा सहित जिल्लाभर ज्वरोका विरामीको संख्या दिनप्रति दिन बढ्दै गएको छ ।
कोभिड १९ को नयाँ भेरीयन्ट ओमिक्रोन संक्रमण देशभरी फैलिनु भन्दा केही महिना यता उक्त बिरामीको संख्यामा बृद्धी हुन थालेको स्वास्थ्यकर्मीहरुले बताएका छन । माघ महिना सकिएर फागुन महिना लागे यता यस क्षेत्रमा बिरामीको संख्यामा बृद्धी भएको हो । भाइरल ज्वरोका बिरामीको संख्यामा वृद्धी भएपछि जिल्लाभरका स्वास्थ्य चौकीमा उपचार गर्न जानेको रुघाखोकी, ज्वरो लगायतका विरामीको घुइचो लाग्ने गरेको छ ।
एक हप्ताको अवधिमा अदानचुली गाउँपालिकाको श्रीनगर स्वास्थ्य चौकिमा १ सय ६७ जना भाइरल ज्वरोका बिरामीहरु उपचारमा आएको स्वास्थ्य चौकिका अहेब असोक महताराले बताउनुभयो ।
माघ महिनाको अन्ति देखि यस क्षेत्रमा विरामीको संख्या उच्च रहेको छ भने छोटो समयमै ४ सय भन्दा बढी ज्वरोका बिरामीे उपचारमा आएको अहेब महताराले बताउनुभयो ।
कोरोना सँगै मिल्दोजुल्दो लक्ष्यण भए पनि कोरोना परीक्षण गर्ने किट अभावका कारण जाच गर्न समस्या भएको बताइएको छ । देशभरी कोभिड १९ सिथिल बन्न लागे पनि हुम्लामा उक्त भाइरस सँग मिल्दो लक्ष्यणका बिरामीको संख्या बढ्न थालेको हो । हुम्लाको अदानचुलीमा मात्र नभइ अन्य गाउँपालिकामा पनि यो बिमारीको संख्यामा वृद्धी हुन थालेको स्वास्थ्यकर्मीहरुले बताएका छन ।
सातवटा स्थानीय तह रहेको हुम्लामा प्राय भाई ज्वरोका विरामी भेटिन थालेका हुन् । जिल्लाको सदरमुकाममा रहेको जिल्ला अस्पताल बाहेक अन्य स्वास्थ्य संस्थामा यतिबेला किटको अभाव भएको छ । किट अभाव हुँदा स्वास्थयकर्मीहरुलाइ जाँच गर्न असहज भएको छ । यो विरामी हुनेको संख्यामा वृद्धी भए पछि यस क्षेत्रका नागरीहरुलाइ झनै समस्या भएको पाइएको छ ।