सिमकोट । नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्र हुम्लाबाट कर्णाली प्रदेशको उधोग पर्यटन वन तथा बाताबरण मन्त्री छिरिङ डम्दुल लामा (कार्चेन) आज विहान गृह जिल्ला हुम्ला पुग्नु भएको छ ।
कार्यकर्ता भेटघाटका लागि पर्यटन मन्त्री लामा आज विहान हुम्लाको सदरमुकाम सिमकोटमा पुग्नु भएको हो । मन्त्री लामा यस भन्दा अगाडी हुम्लाको पहिलो शहिद परिवारलाई भेट्न दक्षिण भेगको चंखेली गाउँपालिकामा पुग्नुभएको थियो । भने लामा सिमकोटमा मन्त्री भएपछि पहिलो पटक आउनुभएको हो ।
मन्त्री लामालाई सिमकोट विमानस्थलमा भव्य स्वागत समेत गरिएको थियो । मन्त्री लामासँगै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य विजय भण्डारी (प्रतिरोध) र जिल्ला पार्टी अध्यक्ष लालकेश जैसी आउनुभएको थियो । उधोग पर्यटन बन तथा बाताबरण मन्त्री लामा सिमकोट पुगे लग्गतै जिल्ला समन्वय समितीको हलमा कार्यकर्तासँग भेटघाट गर्नुभएको थियो । लामा दिउँसो आफ्नो जन्मघर तोर्पा गएको जानकारी प्राप्त भएको छ । लामाले वडा नम्बर तीनमा रहेका तोर्पा, लिमाङ, हुटिक र बरगाउँका स्थानीय नेता तथा कार्यकर्तासँग घेटघाट गर्ने कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ ।
यस्तै विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा दुई जनाले प्रवेश गरेको बताइएको छ । यस अघि जिल्लाको चंखेली गाउँपालिका वडा नम्वर ६ पुमा गाउँका स्वर्गिय बक्त बुढाका घरपरिवारलाई भेटघाटका लागि कर्णाली प्रदेशका उधोग पर्यटन बन तथा बाताबरण मन्त्री लामाको टोलि पुगेको थियो ।