माओवादी केन्द्र सिमकोटमा चारवटा संगठनको नयाँ कमिटी गठन

Nepal Chek शनिबार, बैशाख २०, २०८२

सिमकोट  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्र सिमकोट गाउँपालिका वडा सातमा चार वटा भातृ संगठनको शुक्रबार नयाँ कमिटी गठन गरिएको छ । माओवादी केन्द्रको महिला अखिल क्रान्तिकारी संघ, वाइसिएल नेपाल, अखिल किसान महासंघ र नेपाल दलित मुक्ति मोर्चा यी चारवटा भातृ संगठनको वडामा नयाँ कमिटी गठन गरिएको पत्रकार मन्दिर सिंहले बताउनुभयो ।

माओवादी केन्द्र वडा नम्बर सातका वडा कमिटि अध्यक्ष भोज बहादुर शाहीको अध्यक्षतामा र जिल्ला पार्टी सचिव धर्मराज बोहराको प्रमुख आथित्यमा र सिमकोट गाउँपालिका कमिटी अध्यक्ष प्रकाश रावतको विशेष आथित्यका साथै नेता कार्यकर्ता सबैको उपस्थितमा चारवटा भातृ संगठनको नयाँ कमिटी गठन गरिएको छ ।

महिला अखिल क्रान्तिकारी संघको कर्मा शाहीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरिएको छ । अध्यक्ष शाही, उपाध्यक्ष विजा सिंह, उपाध्यक्ष हिरा शाही, सचिव नागबेली शाही, कोषाध्यक्ष सुसस्मता शाही लगायत २१ सदस्यीय वडा विस्तार गरिएको छ । यस्तै वाइसिएल नेपालको अध्यक्षमा अमृत सिंह, उपाधयक्ष अंग शाही, सचिवमा कासी सुनार कोषाध्यक्ष प्रेम लगायत २१ सदस्यीय वडा कमिटी गठन गरिएको पत्रकार सिंहले जानकारी दिनुभयो ।

अखिल किसान महासंघको अध्यक्षमा विजुली सिंह, उपाध्यक्ष दिर्क शाही, सचिव सुनिल शाही, कोषाध्यक्षमा ज्ञानसिह सुनार लगायतका गरी २१ सदस्यीय वडा कमिटि गठन गरिएको माओवादी जिल्ला पार्टी सचिव धर्मराज बोहरा (विज्ञान)ले बताउनुभयो ।

नेपाल दलित मुक्ति मोर्चाको अध्यक्षमा लाल बहादुर सुनार, उपाध्यक्ष गणेश विक, सचिव दिर बहादुर विक, कोषाध्यक्षमा जनपुरा विक लगायत गरी २१ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]