सिमकोट । बुधबार बिहान हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिकामा बोलेरो जीप दुर्घटनामा परी गम्भीर घाइते भएका चार जना थप उपचारका लागि जिल्ला बाहिर उद्धार गरिएको छ । दुर्घटनामा परेका चालक सहित तीन जनालाई दार्मा स्वास्थ्यचौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । बुधबार बिहान ८ बजे चंखेली गाउँपालिकाको दार्मा गौरी सल्ला […]
सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिकामा बुधबार विहान आठ बजेको समयमा बोलेरो जीप दुर्घटना हुँदा पाँच जना सख्त घाइते भएका छन् । कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको बोलेरो जीप चंखेली गाउँपालिका–२ गर्खा देखि देउली बजार तर्फ आउँदै गर्दा मुगु सडक खण्डको गौरी सल्ला स्थित दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्ला प्रहरी निरीक्षक […]
सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्की (मुक्ति) को दुर्घटनामा परी निधन भएको छ । सुर्खेतबाट नेपालगञ्ज जाँदै गर्दा फोर्स गाडी दुर्घटना हुँदा उपाध्यक्ष कार्की शख्त घाइते भएका थिए । दुर्घटना लगत्तै उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज भेरी अस्पतालमा लगिएको थियो । उपाध्यक्ष कार्कीको उपचारको क्रममा करिब सोमबार राती दुई बजे निधन भएको अस्पताल […]
सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–३ राया गाउँमा अवरुद्ध भएको नमस्ते टेलिफोन सेवाको टावर शुक्रबारदेखि सञ्चालन भएको छ । रायाको ठानकोटमा रहेको टावर अवरुद्ध भएको एक महिना बढी भएको थियो । उक्त स्थानमा रहेको टावर मर्मतका लागि नेपाल टेलिकम हुम्लाले प्राविधिक उब्जन शाहीलाई शुक्रबार पठाएको थियो । प्राविधिक शाही शुक्रबार पुगेर शनिबार मर्मत गरेपछि सोही दिनको […]
सिमकोट । वर्षायाम लागेसँगै जिल्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाले घरदैलो स्वास्थ्य अभियान सञ्चालन गरिरहेको छ । यो सिजनमा विरामी बढी हुने भएकाले ताँजकोट गाउँपालिकाको निती अनुसार घरदैलो स्वास्थ्य अभियान सञ्चालन भइरहेको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताउनुभयो । स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ६८ वर्ष माथिका, गम्भीर रोग लागि ओछ्यानमा परेका, शारीरिक अशक्तता कारण स्वास्थ्य संस्थासम्म […]
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा शुक्रबार दिउँसो जीप दुर्घटना भएको छ । लाग्नाबाट सदरमुकाम आउँदै गरेको बा ०११०२९ च ९८३८ जीप सिमकोट गाउँपालिका वडा नम्बर ६ माथिल्लो गाउँ तीनधारामा जीप दुर्घटना भएको हो । शुक्रबार जीप दुर्घटना भएपनि मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक नरेन्द्र चन्दले बताउनुभयो । निरीक्षक चन्दका अनुसार, […]
सिमकोट । हुम्ला जिल्ला अदालतले जिल्लाका सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । जिल्ला अदालत हुम्लाका न्यायाधीश शम्भु प्रसाद बरालको अध्यक्षतामा र श्रेस्तेदार ज्ञानबहादुर खत्री लगायत जिल्ला स्थित पत्रकारहरुको उपस्थितमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा आर्थिक वर्ष ०८०।०८१ मा जिल्ला अदालतमा दर्ता भएका मुद्दाको संख्या तथा रिटको लगत फछ्र्यौट र बाँकी […]
सिमकोट । हुम्ला सहित कर्णालीका हिमाली जिल्लामा सरकारले दिँदै आएको जन्म र मृत्यु भएका प्रतिघरपरिवारलाई निःशुल्क अनुदानमा वितरण गर्ने २० किलो चामल प्रभावकारी बन्दै गएको छ । हुम्लामा २०८० को असार मसान्तदेखि २०८१ को असार मसान्तसम्म जन्म र मृत्यु भएका ६ सय ७८ जनालाई एक सय ३५ क्विइन्टल ४० केजी चामल वितरण गरेको खाद्य व्यवस्था […]
सिमकोट । जिल्ला अस्पताल हुम्लाले आर्थिक वर्ष २०८०।०८१ मा पन्ध्र हजार, छ सय, चालीस जनालाई सेवा दिएको छ । एक मात्रै जिल्ला अस्पताल हुम्लाले झण्डै २७ किसिमका विरामीको उपचार गरेको बताइएको छ । अस्पतालले सामान्यदेखि जटिल किसिमका विरामीको उपचार गरेर सेवा प्रदान गरेको जानकारी प्राप्त भएको छ । ओ.पि.डी सेवामा तेह्र हजार, सात सय, ६१ […]