जेठ १ गतेबाट आइतबार र शनिबार बिदा दिने सकारको निर्णय

नेपालचेक समाचारदाता बुधबार, बैशाख १४, २०७९

काठमाडौँ । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेका छ । जेठ १ गतेदेखि लागु हुनेगरी सरकारले सो निर्णय गरेको हो ।

हप्तामा दुई दिन बिदा भए पनि कार्यालय समय भने बढाइएको छ । बिहान साढे ९ बजेदेखि र साँझ साढे ५ बेजसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

अहिले यो प्रावधान परीक्षणका रुपमा हुने उनले बताए । पेट्रोलियम पदार्थको मूल्यवृद्धि र विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्दै गएपछि यस्तो प्रावधान लागु गरिएको हो ।

यसअघि पेट्रोलियम पदार्थको आयात घटाउन सरकारी इन्धनमा २० प्रतिशतले कटौती गरेको थियो । त्यस्तै, विदेशी विनिमय सञ्चिति बढाउन सरकारले विभिन्न १० ओटा वस्तुमाथि पूर्ण रूपमा बन्देज लगाउने निर्णय गरेको थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]