हुम्लामा कांग्रेस विभाजनःपौडेल पक्षको जिल्ला कार्य समिती घोाषणा सभापतिमा राम बहादुर भण्डारी

दाने बोहरा सोमबार, आश्विन १८, २०७८

सिमकोट । नेपाली कांग्रेस हुम्ला विभाजन भएको छ । दुईवटा निर्वाचन क्षेत्र नम्बर भएको हुम्लामा दुबै पक्षले आ आफ्नो जिल्ला कार्य समितीको नेतृत्व चयन गरेको घोषण गरेका छन् ।

एक दिन अगाडी हुम्ला कांग्रेस सभापतिमा शेर बहादुर देउवा पक्षले मोहन विक्रम सिंह नेतृत्व जिल्ला कार्यसमिती घोषणा गरेको पछिल्लो दिन आज राम बहादुर भण्डारीको नेतृत्वमा संस्थापन इतर पक्षले पनि आफ्नो जिल्ला कार्य समितीको नेतृत्व घोषणा गरेको छ ।

देउवा पक्षले १४ औं महाधिवेशन अन्तरगत जिल्लाको सातौ अधिवेशनमा सहमति नगरेर एकलौटी पार्टी सञ्चालन गरेर अगाडी बढेका कारण आफुहरुले आफ्नो पक्षको नेतृत्व चयन गर्नुपर्ने बाध्यता आएको पूर्वसांसद रिता शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, हुम्लामा निर्वाचन भएको छैन् यो आ आफ्नो प्यानलको नेतृत्व चयन गरीएको हो । यो मुद्दा केन्द्र सम्म जाने र उतैबाट टुंगो लागेर आउने बताउनुभयो । कस्को जिल्ला पार्टी सभापति आधिकारी हुन्छ त्यति खेर थाहा हुने शाहीले बताउनुभयो ।

पार्टी भित्रको आन्तरीक लोकतन्त्रका लागी आफुहरुले फरक विचार राखेको पूर्व सांसद शाहीले बताउनुभयो । व्यक्तिको विरोध हो भन्ने ठानेर पार्टीमा यो परिणम आएको उहाँको भनाई थियो । अवका दिनमा वडा देखि पालिका र जिल्लासम्म आ आफ्नो किसिमको संगठन चल्ने र त्यहि अनुसार कार्य समिती गठन भएको बताउनुभयो । जिल्लामा प्यानल प्यानलको सभापति चयन भएको र कसैको आधिकारी नभएको उहाँको भनाई थियो । जिल्लामा खटिएका निर्वाचन अधिकृत देउवा पक्ष भएकाले आफुहरुको कुनै सुनुवाई नभएको बताइएको छ । निर्वाचन अधिकृतले निर्वाचन गराउँन छोडेर आलटाल गरी एकल प्यानललाई विजयीको घोषणा गरीएको आरोप पूर्व सांसद शाहीको थियो ।

हुम्लामा पार्टी दुई धारमा जानु दुखत कुरा भएपनि जहिल्यै पनि पेलेर लिने र आफुहरुको कुनै सुनुवाई नहुने नभएका कारण फरक फरक जिल्ला कार्यसमितीको घोषणा गर्नुपरेको संस्थापन इतर पक्षका निर्वाचीत राम बहादुर भण्डारीले बताउँनुभयो ।

यस्तो छ दुबै पक्षको जिल्ला कार्य समिती गठन

पार्टीका वरिष्ठ नेता पौडेल पक्ष

निर्वाचन क्षेत्र नम्बर (क) बाट सुरु भएको बिबाद अन्ततः समानान्तर समिति गठन गरेर कांग्रेस विभाजन हुन पुगेको हो । प्रदेश सभा (क) को अधिबेशनलाई बहिस्कार गरेको पौडेल पक्षले जिल्लाको अधिबेशनलाई समेत बहिस्कार गरी राम बहादुर भण्डारीको सभापतित्वमा समानान्तर समितिको घोषणा गरेको छ ।
पार्टीको बिधान बिधी पद्धती र सिदान्त बिपरित निवार्चन गरेको भन्दै देउवा पक्षबाट असन्तुस्ट भई पुर्व सांसद रिता शाही र निर्वाचन क्षेत्र नम्बर (क) का समानान्तर समितिका सभापती लाकेन्द्र भण्डारीको अगुवाईमा समानान्तर समितिको घोषणा गरेको छ ।

समानान्तर समितिको उपसभापतीमा पेमा तामाङ र तिलक शाही, सचिव चन्दा फडेरा र लाकेन्द्र बहादुर लामालाई चयन गरेको छ । यस्तै सहसचिवमा राजप्रसाद जैसी, खुल्ला सदस्यमा जनक शाही,जगत बहादुर धामी,छिरिङयाङजु लामा,धर्मदत्त फडेरा,जस फडेरा,सुनीता बुढा,घमण्डी मल्ल,खसआर्यमा दाने फडेरा, बिक्रम बुढा,दलितबाट लालकला बिक ,जनजाती पासाङ बुढाथोकी,जनक तामाङ,खसआर्य महिला सदस्यमा नानीकला शाही,मायादेबी शाही चयन गरेको छ सदस्यमा गुठ बहादुर सिंह,प्रेम बहादुर बढाथोकी दिपक बुमी,पे्रमा सुनार लाई समानान्तर समितिको समितिमा चयन गरिएको छ ।

यसै गरी निर्वाचन क्षेत्र नम्बर (क) मा समानान्तर कटिी घोषणा गरेको कांग्रेसले निर्वाचन क्षेत्र नम्बर (ख) मा समेत आफ्नो कमिटी गठन गरेको छ । निर्वाचन क्षेत्र नम्बर (ख) को सभापतिमा जनक शाही, उपसभापतिमा ताम्बा छिरिङ लामा, ताक्पा लामा, सचिवमा पेमा लामा,धनशिरि बोहरा, सह सचिवमा लक्षिमा सुनार, ज्ञानु रोकाया, कोषाध्यक्ष च्याफुटी लामा, सदस्यमा जनदेवी शाही, राम बहादुर लामा, राजु भण्डारी, बसन्त कामी, नुर्वु तन्जन लामा, तक्दिर परियार,विरबल दमाई, सुर्य लामा गरेर १६ सदसस्यीय कमिटी गठन गरेको जानकारी प्राप्त भएको छ । यस अगाडी निर्वाचन क्षेत्र नम्बर (क) मा लोकेन्द्र भण्डारीको नेतृत्वमा प्रदेश कमिटी गठन गरीएको थियो ।

पार्टी सभापति देउवा पक्ष

यता पार्टी सभापति शेर बहादुर देउवा पक्षले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बहिष्कार गरेको भन्दै आइतबार एकलरुपमा आफ्नो नेतृत्व चयन भएको बताएको छ । संस्थापन इतर समूह निर्वाचन प्रक्रियामा सहभागी नहुँदा संस्थापन पक्षका उम्मेदवारले विजयी घोषणा गरेका हुन् । देउवा पक्षबाट मोहन विक्रम सिंह निर्विरोध जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।

नयाँ कार्यसमितिको उपसभापतिमा कैलाश भण्डारी र बसन्त रोकाया, सचिवमा विजय बुढा र कृष्णबहादुर बोहरा, सहसचिवमा दिलबहादुर शाही र पाल्जोर लामा तामाङ निर्वाचित भएका छन् । त्यसैगरि २४ जना जिल्ला कार्य समितिका सदस्यहरु पनि चयन भएका छन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]