सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–५ तल्लो गाउँ र वडा–६ माथिल्लो गाउँका पन्ध्र जना महिलालाई नि:शुल्क कपडाको प्याड सहयोग गरिएको छ ।
प्रति महिलालाई तीन पिस प्याड, दुई पिस पेन्टी सहयोग गरिएको जानकारी गरिएको हो । साथै ती महिलालाई सरसफाईका लागि प्रति महिला एक–एक वटा हातमुख धुने सावुन सहयोग गरिएको नेपाल अष्ट्रिया साँझेदारी संस्थाका डिचिन डोल्कार लामाले बताउनुभयो । अष्ट्रिया साँझेदारी संस्थामा समुह बनाएर लामो समयदेखि बस्दै आएका महिलालाई नि:शुल्क सिसिएन नामक संस्थाले सहयोग प्रदान गरेको लामाले बताउनुभयो ।
महिला महिनावारी भएको समयमा प्याडको सहज तवरमा प्रयोग गर्न सकिने भएकाले पनि सहयोग गरिएको हो । प्राय गाउँघरमा महिनाह? म्हिनावारी हुँदा प्याड विनै हुने भएका कारण उनीह?को बानी बसाल्नका लागि पनि सहयोग प्रदान गरिएको हो ।
सेनेटरी प्याड महिलाले महिनावारी भएको समयमा एकपटक प्रयोग गरेर जथाभावी फाल्ने भएकालेपनि उनीह?लाई त्यस्तो फोहोर र दुर्गन्धितबाट बच्नका लागि कपडाको प्याड सहयोग गरिएको लामाले बताउनुभयो ।
बजारमा पाइने सेनेटरी प्याड एक पटक मात्रै प्रयोगमा ल्याएएर महिनाको एकचोटी किन्नु पर्दा धेरै पैसा खर्च हुँदै आएको स्थानीय धनु बोहराले बताउनुभयो । अहिले यो संस्थाले दिएको प्याड एक पटक प्रयोग गरेर धोएर पुन: एक वर्षसम्म काम लाग्ने हुँदा खर्च जोगिएको भन्दै सिसिएन संस्थालाई ती महिलाले धन्यवाद समेत दिएका छन् ।
अधिकांस महिलाले प्याड प्रयोग गर्दा बाटोमा फाल्दा फोहोर हुने हुँदा सुरक्षित फोहोरमा फाल्ने गर्नु पर्छ । यस्तै महिनावारी स्वच्छता सम्बन्धी सिमकोट गाउँपालिकाका आठ वटै वडामा तिन दिने तालिम दिइने भएको छ ।