सिमकोट । हुम्लामा आज बिहानैदेखि हिमपात सुरु भएको छ । हिमपातपछि चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको उत्तरी क्षेत्रमा चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै गएको हो । आज बिहानदेखि सिमकोटसहित तल्लो भेगमा समेत हिमपात भइरहेको छ भने जिल्लाको उत्तरी उच्च क्षेत्रमा एक फिट सम्म हिमपात […]
सिमकोट । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा सेवा दिँदै आएका निजी एयरलाइन्सले मनपरी टिकट वितरण गर्दा यात्रुले सास्ती खेप्नु परेको छ । नेपालगञ्जबाट उडान गर्दै आएको सीता एयरलाइन्सले मङ्गलबार दुई उडान भरेपनि दोस्रो फलाइटको टिकट मनपरी वितरण गरेको यात्रुको गुनासो छ । पहिलो उडान नेपालगञ्ज गरेर विकट जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा पुगेपनि एयरलाइन्सका कर्मचारीले फोन […]
सिमकोट । नागरिकतामा हस्ताक्षर गर्ने कर्मचारी नभएपछि महिनौंदेखि हुम्लाको मध्य भेगको सर्केगाड गाउँपालिकामा रहेको इलाका प्रशासन कार्यालय बन्द हुँदा नागरिकले सास्ती खेप्नुपरेको छ । लामो समयदेखि उक्त कार्यालय बन्द भएपछि नागरिकताका लागि पालिका केन्द्र सर्केगाडमा आउने ताँजकोट, अदानचुली, चङ्खली र सर्केगाड गाउँपालिकाका सेवाग्राही मर्कामा परेका छन् । लामो बाटो काटेर इलाका प्रशासन कार्यालय पुगेका सेवाग्राही […]
सिमकोट । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक (डीएसपी) भीमलाल भट्टराई निलम्बनमा परेका छ्न् । उनी हुम्लाका प्रहरी प्रमुखसमेत हुन् । रक्सी खाएर महिलामाथि दुर्व्यवहार गरेको उजुरीपछि उनलाई गृहमन्त्रालयले निलम्बन गरेको प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतले जानकारी दिए । सँगै उनलाई प्रहरी हेडक्वार्टरले जिल्ला प्रमुखको जिम्मेवारीबाट हटाएर कर्णाली प्रदेश प्रहरी कार्यालय तानिएको छ । […]
काठमाडौं– बडादशैंका अवसरमा सरकारले दिएको बिदा सकिएसँगै आजदेखि सबै सरकारी कार्यालयहरु खुल्दैछन् । सरकारले दशैंको अवसरमा कात्तिक ४ फूलपातीदेखि ९ गते द्वादशीसम्म बिदा दिएको थियो । आजदेखि कार्यालय खुल्ने भएपछि गाउँबाट कार्यथलोतर्फ फर्किने बढेका छन्। बडादशैं भने भोलि पूर्णिमाका दिन समापन हुनेछ । पर्याप्त गाडी नचलेको र यातायात व्यवसायीले भाडामा मनपरी गरेको सर्वसाधारणको गुनासो छ । […]
सिमकोट । विहिबार रातीदेखि हिमाली जिल्ला हुम्लामा विद्युत सेवा अवरुद्ध भएको छ । विद्युत आपूर्ति बन्द भएपछि हुम्लाको सदरमुकाम सिमकोटसहितका दुईवटा गाउँपालिकाका बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका छन् । नेपाल विद्युत प्राधिकरण हेल्दुङ्ग वितरण केन्द्र हुम्लाको विद्यतु गृहको मुख्य क्यानलमा पाइप जडान गर्ने कार्य हुँदा विद्युत सेवा अवरुद्ध भएको हो । मुख्य क्यालनमा रहेको अस्थाई […]
सिमकोट । स्थानीय तहले सुशासन र पारदर्शिताको पाटोलाई चासो नै नदिएका बेला सिमकोट गाउँपालिकाले सार्वजनिक सुनुवाइ गरी आफनो गत आ.ब.२०७९÷०८०बार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । गाउँपालिकाको प्रयोजनमा तथा नेपाल पत्रकार महासंघ हुम्लाको सहजिकरणमा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रगति विवरण सार्वजनिक गरिएको हो । अघिल्लो आर्थिक वर्षमा गाउँपालिकाले सञ्चालन गरेका पाँच वटा विषयगत समितिअन्तर्गतका सबै […]
सिमकोट । हिमाली जिल्ला हुम्लाबाट सुत्केरी व्यथा लागेर थला परेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । व्यथा लागेको सत्र घण्टापछि विहिबार विहान उद्वार गरिएको हो । व्यथा लागेर थला परेपछि अदानचुली गाउँपालिका–४ की २३ वर्षीया राजकला ढकाल (पाण्डे)को हेलिकपटरबाट प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उद्धार गरिएको सोही गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हंस बहादुर […]
सिमकोट । साउन १३ गते परेको अविरल वर्षा र केही दिन अघि परेको वर्षाले हुम्लाको खार्पुनाथ गाउँपालिका–१ बोक्चेगौडादेखि छारेसम्मको बाटो ठाउँठाउँमा भत्किएपछि आवातजावतमा कठिनाइ भएको छ । अविरल वर्षाले बोक्चेगौडा, सुनाखाडा, लालीबगर,मुसेडी छारे लगायतका विभिन्न ठाउँमा सडक भत्किएपछि कर्णाली करिडोरअन्तर्गत सिमकोट–खार्पुनाथखण्ड अवरुद्ध भएको छ । यो सडकखण्डमा सवारी साधन सञ्चालनमा नआएपनि दैनिक दिन आवतजावत गर्ने […]
सिमकोट । हिमाली जिल्ला हुम्लामा पहिलो पटक कोदो महोत्सव हुने भएको छ । अन्तर्राष्ट्रिय कोदो दिवसको अवसर पारेर असोज १८ जिल्लाको अर्ग्यानिक कोदो खेतीको संरक्षण र प्रवर्द्धन गर्न कोदो महोत्सव गर्न लागिएको हो । हुम्लामा कोदो सबै भन्दा बढी उत्पदान हुने अनाजमा समेत पर्दछ । कोदो बालीको संरक्षण, प्रवर्द्धन र यसको प्रचार प्रसारका लागि महोत्सव […]