हुम्लामा ३८ हजार मतपत्र आइपुग्यो

नेपालचेक समाचारदाता बिहिबार, बैशाख १५, २०७९

सिमकोट । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका आवश्यक मतपत्रलगायत निर्वाचन सामग्री बिहिबार जिल्लामा आइपुगेको छ ।

दुई दिन लगाएर नेपालगञ्जबाट ३८००० हजार मतपत्र लगायत ५८ प्रकारका मतदान केन्द्रमा आवश्यक पर्ने निर्वाचन सामाग्री जिल्लामा पुगेको जनाइएको छ । ३८ हजार मतपत्र बिहिबार जिल्लामा हेलीकप्टरमार्फत पुगेको भने बुधबार मतपेटीका लगायतका निर्वाचन सामाग्री पुगेको हो । ८५ लिटरका १२८ मतपेटीका समेत जिल्लामा पुगेको निर्वाचन कार्यालय हुम्लाले जानकारी दिएको छ ।

जिल्लामा मतपत्र लगायतका सामाग्री पुगेसँगै केही दिनमा सुरक्षित साथ पठाइने भएको छ । ५४ मतदान केन्द्रका लागि उक्त सामाग्री जिल्ला पुगेको हो ।

जिल्लाको सातवटै गाउँपालिकाको मतदाता संख्या ३२ हजार ५८१ रहेको छ । महिला १५ हजार ६०७ र पुरुष १६ हजार ९७४ रहेको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]