हुम्ला चेली फुटबल खेलाडी दिपा शाहीको जर्सी बजारमा

Nepal Chek शनिबार, जेठ १८, २०८२

सिमकोट । फुटबल क्षेत्रबाट आफ्नो करिअरका साथै हुम्लालाई चिनाउँदै आउनु भएकी दिपा शाहीलाई थप हौशला दिनका लागि बजारमा जर्सी आएको छ । खार्पुनाथ गाउँपालिका –५ खर्पेल गाउँमा जन्मिनुभएकी फुटबल खेलाडी शाहीको तस्विर अंकीत जर्सी केही दिनयतादेखि बजारमा आएको छ ।

हुम्ला फटुबल एकेडेमीले फटुबल खेलाडी शाहीको प्रचारप्रसारका साथै उहाँलाई थोरै भएपनि सहयोग पुगोस् भनेर जर्सी बजारमा ल्याएको एकेडेमी हुम्लाका अध्यक्ष विष्णु बहाुदर रावतले बताउनुभयो । फुटबल खेलाडी शाहीको प्रचारप्रसार र बजारमा आएको जर्सीले खेलप्रेमीले खदिर गर्दा उठेको रकमले पनि शाहीलाई सानो भएपनि सहयोग पुग्ने अपेक्षा राखेको अध्यक्ष रावतले बताउनुभयो ।

जर्सीको उठेको रकम मध्ये चालीस प्रतिशत हुम्ला एकेडेमी आफै र छाठी प्रतिशत खेलाडी शाहीलाई सहयोग गरिने भएको छ । चालीस प्रतिशत रकम एकेडेमीले जिल्लाका प्रशिक्षार्थीका खेल सामग्रीमा लगानी गर्ने भएको छ । खेलाडी शाहीको अंकित तस्विर गरिएको जर्सी हाल बजारमा पाँच सय वटा आएका छन् । बजारमा आएको जर्सी रु पाँच सयमा जो कोहीले खरी दगर्न सक्ने भएका छन् । शनिबार अनौपचारीक कार्यक्रम गर्दै खेलाडी शाहीको जर्सी सार्वजनिक भएको छ ।

एकेडेमीले नेपाल पत्रकार महासंघ, दुईवटा सामुदायिक रेडियो, चारवटा संगठनलाई प्रचारप्रसारका लागि भन्दै सहयोग गरेको छ । उक्त जर्सी नेपाल पत्रकार महासंघका अध्यक्ष राजन रावतले प्रेस चौतारी, प्रेस युनियन, प्रेस सेन्टर, फोनिज र रेडियो कर्णाली, रेडियो कैलाशलाई हस्तान्तरण गर्नुभएको थियो । सानै देखि फुटबलमा आफ्नो भविश्य खोज्दै आउनु भएको शाहीले हुम्ला मात्रै नभएर कर्णाली सान उच्च पार्नुभएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]