लिमीको सुनखानी प्रहरी चौकी पुन: सञ्चालनमा

Nepal Chek बुधबार, जेठ ०८, २०८२

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको सुनखानी प्रहरी चौकी ६ महिनापछि पुन: सञ्चालनमा आएको छ । अत्येधिक चिसोका कारण कात्तिक, मङ्सिर महिनामा सदरमुकाम सिमकोट सारिएको हिमालपारीको नामले परिचिति लिमीको सुनखानी प्रहरी चौकी पुन सञ्चालनमा आएको हो ।

हिउँद याममा बाक्लो हिमपात हुनुका साथै अत्येतिक चिसोका साथै त्यो समयमा कुनै घट्ना नहुने रासनपानी लिनपनि समस्या हुने भएको हुँदा ६ महिना बन्द भएको चौकी जेठ पाँच गतेबाट नियमीत सञ्चालनमा आएको हो । सदरमुकाम सिमकोटबाट जेठ चार गते हिडेको प्रहरी चौकीको टोली पाँच गते पुगेर नियमीत सिमा सुरक्षामा खटिएको हो । दिउँदमा हिमपातका कारण सिमानाका बन्द हुनुका साथै कुनै अवान्छित कार्य नहुने भएकाले पनि ६ सुनखानी प्रहरी चौकी ६ महिना बन्द हुँदै आएको छ ।

हिउँदमा चीनसँगका नाका पूर्णरुपमा बन्द रहन्छन् । सिमामा खटिने प्रहरीका लागि रासन–पानीको पनि समस्या हुन्छ । पूरै हिउँ जम्ने भएकाले नेपालतर्फका सुरक्षाकर्मीहरुलाई सिमा सुरक्षाका लागि बस्न कठिन हुने भएकाले बन्द हुन पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

प्रहरी नायव निरीक्षक नर बहादुर विष्टको नेतृत्वमा ११ जना प्रहरीको टोली सुनखानी इलाका प्रहरी कार्यालयमा कार्यरत रहेको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक शंकर पोखरेल स्वयम् आफै लिमीमा रहेको सुनखानी इकाला प्रहरी चौकीमा पुग्नुभएको थियो ।

यसैगरी हिल्सामा रहेको हिल्ला प्रहरी चौकी भने एकवर्ष यतादेखि बाह्रै महिना सिमा सुरक्षामा खटिदै आएको छ । साथै हिलसामा रहेको शसस्त्र प्रहरी बलको विओपी पनि बाह्रै महिना हिल्सामा सिमा सुरक्षामा खटिदै आएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]