डाडाफयाँमा गाडी दुर्घटना दुई महिला घाइते

Nepal Chek बुधबार, जेठ ०१, २०८२

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–७ डाडाफयामा बुधबार अपारन्ह पाँच बजेतिर गाडी दुर्घटना भएको छ । डाडाफयाँ गाउँमा रहेको स्वास्थ्यचौकी नजिकको मोडको सडकमा भे १ च १६८५ नम्बरको गाडी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

बुधबार सदरमुकाम सिमकोटबाट गाउँ पुगेको गाडी मोडमा मोड्ने क्रममा दुर्घटना हुँदा दुई जना महिला घाइते भएका छन् । गाउँमै दुर्घटना हुँदा चालक सहित अन्य सवार यात्रु सकुशल रहेपनि दुई जना महिला सामान्य घाइते भएको र स्थानीयले तत्काल उद्धार गरि सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा उपचारका लागि ल्याउदै गरेको स्थानीय बाँच बहादुर विकले बताउनुभयो ।

दुई जना घाइतेलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याउदै गरिएको हो । भने अन्य यात्रु सकुशल रहेका छन् । घाइते यात्रुको पहिचान भने खुली सकेको छैन् । घट्नास्थल तर्फ प्रहरीको टोली जाँदै गरेको छ । प्रहरी पुगिसकेपछि थप विवरण खुल्ने भएको छ ।

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]