माओवादीले पत्रकार सम्मेलन गरेर भन्यो– भ्रष्टचारीले गणतन्त्र ब्याबस्था कम्जोर पार्दौ

सुरेश परियार शुक्रबार, जेठ १७, २०८२

 

हुम्ला ।नेकपा (माओवादी केन्द्र) को हुम्ला जागरण तथा समाजवादका लागि कर्णाली कोरिडोर अभियानको हुम्लाका समसामयिक विषयवस्तु र वर्तमान परिस्थितीबारे धारणा सार्वजनिक गर्न सुक्रबार टिबीटिन होटेलमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्या तथा हुम्ला जिल्ला इन्चार्ज छिमी लामाले बिश्रमा गणनन्त्र ब्याबस्था अति उत्तम भएको भएता पनि स्थानिय स्थरमा भ्रष्टचारीले यो ब्याबस्ता लाई कमजोर पाने बताउन भएको छ । ११ दिनसम्म पाटीको कवाडी देखी हिल्सा सम्माको कर्णाली कोरीडोर अभियानको क्रममा हुम्लाका कतिपय स्थानिय स्थरमा भष्टचारले गर्दा गणतन्त्र ब्याबस्था माथी प्रर्तिकृयाबादी शक्ति खनियको  कारण हुम्लाका सर्वसाधरण नागरीक लाई सचेत गराउने लामाले बताए  ।

कर्णाली कोरिडोर अभियान २०८२ यस अभियानमा वर्तमान परिस्थिति सम्प्रेषण गरी राजनीतिक जागरण ल्याउने, वास्तविक समाजवादको पैरवी गर्ने र हुम्लाको विकास कसरी सम्भव छ भन्ने विषयमा स्थानीयसँग छलफल भएको नेकपा (माओवादी केन्द्र) हुम्लाका संयोजक डा. दीपेन्द्र रोकायाले बताउनु भएको छ  ।

हुम्ला र बाजुरा जिल्लाको सिमाना कवाडीबाट उद्घाटन गरेर अभियानले हिमाली जिल्ला हुम्लाका समसामयिक विषयमा कर्णालीका छालमा भेटिएका जनसमुदाय सँग छलफल गदै सबै गाउँ बस्तीका जनसमुदाय लाई आआफ्नो पालिका अन्तर्गतको कार्यक्रम स्थलमा भेटघाट गरि अभियान हिल्सामा पुगेर सम्पन्न भएको संयोजक डा. रोकायाले बताए ।

हिमालि जिल्ला हुम्ला लाई दुर्गम लागेता पनि दुर्गम मेट्न भनेको सामाजिक न्याय दिएर हो राज्याले यो सामाजिक न्याए नदिएमा अब हुम्ली हरुले हुम्ला लाई पछिप्रर्न दिनु नहुने कुराको पहिरविको लागि नेकपा (माओवादी केन्द्र) को हुम्ला जागरण तथा समाजवादका लागि कर्णाली कोरिडोर अभियान मार्फत सचेत गराउने पुन रोकायाल्े बताए ।

नेकपा (माओवादी केन्द्र) को हुम्ला जागरण तथा समाजवादका लागि कर्णाली कोरिडोर अभियान बाजुरा जिल्लाको सिमाना कवाडी देखी सुरु भई र चीनको सिमाना नाम्खा पाउपालिकाको हिल्सामा सम्मा ११ गते अभियान संचालन भएको नेकपा (माओवादी केन्द्र) हुम्लाले जानकारी दिएको छ  ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]