पाँच सरकारी कार्यालयको सार्वजिनक सुनुवाई हुँदै

Nepal Chek मंगलबार, बैशाख ०९, २०८२

सिमकोट । जिल्ला प्रशासन कार्यालय हुम्लाको संयोजनमा जिल्लास्थित पाँचवटा सरकारी कार्यालयको सार्वजनिक सुनुवाई हुने भएको छ । जसमा सामाजिक विकास कार्यालय, पूर्वधार विकासक कार्यालय, परियोजना कार्यान्वयन इकाई (स्याउजोन), खानेपानी, सिचाई तथा उर्जा विकास कार्यालय र कर्णाली करिडोर उत्तर खण्ड हिल्सा सिमकोट सडक आयोजना कार्यालयको सार्वजनिक सुनुवाई हुने भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो । आर्थिक वर्षको २०८०÷०८१ काम, कार्यका साथै अन्य विषयवस्तुको समेत सार्वजनिक सुनुवाई हुने भएको हो ।

सदरमुकाम सिमकोटको बालममन्दिर माध्यामिक विद्यालयमा बैशाख १३ गते शनिबार दिन यि पाँच वटा सरकारी कार्यालयको सार्वजनिक सुनुवाई हुने भएकाले आम सेवाग्राहीलाई उपस्थितका लागि अनुरोध गर्नुभएको छ । यि विभिन्न कार्यालयको सेवा प्रवाह, विकास निर्माण, विकासे योजना, आयोजनाका विषयमा चित्त नबुझेका कुरा राख्नका लागि हुम्लाका सबै नागरीक उपस्थित हुन अनुरोध गरिएको छ ।

ठूला विकासे आयोजना भएका कार्यालयहरु भएकाले सबैको उपस्थित आवश्यक रहेको बताइएको छ । सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन २०६४ र सम्बन्धित नियमावली २०६५ को नियम १९ अनुसार कार्यालयको काम, कारवाहीलाई स्वच्छ, पारदर्शी र वस्तुनिष्ठ बनाउनुका साथै सर्वसाधरण तथा सरोकारवालाको कानूनसम्मत सरोकारलाई सम्बोधन गर्नका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको जानकारी प्राप्त भएको छ । पारदर्शिता र सुशासन कायम गर्न सार्वजनिक सुनुवाइ गर्नुपर्ने व्यवस्था सरकारले गरेको छ ।

हुम्लामा यसअघि जिल्ला प्रशासन, स्वास्थ्य र मालपोत कार्यालयको पहिलो पटक गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा जिज्ञासा राख्ने सेवाग्राही नागरीकको न्युन उपस्थित रहेको थियो । यसको सर्वत्र विरोध गरिएको थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]