मनसुन अवधिमा सर्तकर्ता अपनाउन हुम्लीवासीलाई प्रशासनको आग्रह

Nepal Chek सोमबार, जेठ २०, २०८२

सिमकोट । जिल्ला प्रशासन कार्यालय हुम्लाले एक सूचना जारी गर्दै यस वर्षको मनसुन सुरु भएसँगै यहाँका जिल्लावासीलाई सुरक्षित रहन आग्रह गरेको छ । मनसुन सक्रिय भएसँगै वर्षाका कारण जिल्लाभर बाढी, पहिरो र डुबानलगायत विपत् जोखिमका घटना बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय हुम्लाले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागले गरेको जानकारी अनुसार हुम्ला जिल्ला सहित कर्णाली र सुदुरपश्चिम प्रदेश भर धेरै÷भारी वर्षाको पूर्वानुमान अनुसार बाढी पहिरोको उच्च जोखिममा रहेकोले जोखिमबाट सुरक्षित रहन विशेष सतर्कता अपनाउन जिल्लाबासीलाई आग्रह गरेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो ।

मनसुनजन्य विपत्बाट हुन सक्ने सम्भावित जोखिम तथा धनजनको क्षति रोक्न र खोज, उद्धार तथा राहत वितरण कार्यलाई प्रभावकारी बनाउन स्थानीय प्रशासन र सुरक्षा निकाय सक्रियका साथै तयारी अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ । सम्भावित मनसुनजन्य जोखिमबाट सुरक्षित रहन नदी किनार, खोला–खोल्सा, खहरे नजिकका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जल्लामा कहीँ कतै विपद्को अवस्था उत्पन्न भएमा नजिकैको प्रहरी इकाई, वा स्थानीय विपद् व्यवस्थापन समितिका पदाधिकारीलाई तत्काललै सूचना गर्नुका साथै आफु पनि सहभागी भई ९८५८३१७७७७ र ९८५८३१५५५५ फोन नम्बरमा जानकारी गराउन हुन जिल्ला प्रशासनले आग्रह समेत गरेको छ ।

स्थानीय तहहरूलाई विपद्को समयमा आफू सँग भएको श्रोत साधनलाई तयारी अवस्थामा राखी आवश्यकता अनुसार आम नागरिकलाई सर्तकर्ता अपनाउन पहल गर्न समेत प्रजिअ पाण्डेयले आग्रह गर्नुभएको छ ।

ज्ल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वअनुमान महाशाखाबाट यस वर्ष सरदर भन्दा बढी वर्षा हुने अनुमान गरिएको छ । मनसुनका कारण यस वर्ष चार लाख पचास हजार भन्दा धेरै घरपरिवार झण्डै बिस लाख व्यक्ति प्रभावित हुने भनिएको छ । सोही कारण हिमाली जिल्ला हुम्लामा मनसुन सुरु नहुँदै ठूलो क्षति भएका कारण उच्च सतर्क रहन आग्रह गरिएको छ ।

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]