सिमकोट । हुम्लाको अदानचुली गाउँपालिका-४ रिल्म गाउँ निवासी एक जना सुत्केरी महिलाको बिहिवार हवाई उद्वार गरिएको छ । रिल्म गाउँनिवासी ३६ वर्षकी जर्म थापा (बुमी)को नेपाली सेनाको हेलिकप्टरमार्फत उद्वार गरिएको छ । बिहिवार बिहान थापा (बुमी)लाई श्रीनगर स्वास्थ्यचौकीमा उपाचार हुन नसकेपछि हवाई उद्वार गरिएको अदानचुली गाउँपालिका उपाध्यक्ष कर्ण रोकाया (सुधार)ले बताउनुभयो । विहान रिल्म गाउँबाट श्रीनगर स्वास्थ्यचौकीमा पुर्याएपनि उपचार हुन नसकेपछि जिल्ला प्रशासन, स्वास्थ्य सेवा कार्यालय, अदानचुली गाउँपालिका लगायतको पहलमा उद्वार गरिएको हो । सुत्केरी थापाको पेटमा रहेको शिशुको आडे परेर झरेको समस्या देखिएपछि कर्णाली प्रदेशको सुविधा सम्पन्न अस्पताल काला गाउँमा लगिएको स्वास्थ्य शाखाका प्रमुख विनोद बुढाले बताउनुभयो । यता रहेको स्वास्थ्यचौकीमा सबै सामग्री र विशेषज्ञ डाक्टर नहुदा जिल्ला बाहिर रेफर गरिएको हो । दुर्गम हुम्लाका महिलाको रास्ट्रपति मशिला उथान कार्यक्रमले ज्यान जोगाउदै आएको छ । सुत्केरी थापाको रास्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको NA ०६१ नम्बरको हेलिकप्टरमार्फत उद्वार गरेको हो ।