सिमकोट । नेकपा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) को तेस्रो सम्मेलन हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिकामा सम्पन्न भएको छ । वाइसिएलको तेस्रो सम्मेलनबाट जिल्ला अध्यक्षमा काली बहादुर भण्डारी सर्वसम्मत निर्वाचीत भएका छन् । भण्डारीको नेतृत्वमा ७१ सदस्यीय जिल्ला कमिटी निर्माण गरिएको जानकारी प्राप्त भएको छ ।
कमिटीको अध्यक्षमा भण्डारी, उपाध्यक्षमा औला हमाल, कासी रोकाया, सचिवमा दत्त तामाङ, सह सचिवमा लोकेन्द्र विक, राजु बुढा निर्वाचीत भएको माओवादी केन्द्र सर्केगाड गाउँ कमिटी अध्यक्ष छवि थापाले बताउनुभयो । सर्वसम्मतरुपमा तेस्रो सम्मेलनबाट ७१ सदस्यीय कमिटी चयन भएका हुन् ।
सर्केगाडमा भएको तेस्रो सम्मेलन कार्यक्रममा विभिन्न नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो । जिल्लाभरका जनताको मन जित्दै र पार्टीका विभिन्न संठगनलाई मजबुन रूपमा विस्तार गरिने भएको थापाले बताउनुभयो ।