मोबाइल टावर बिग्रिँदा मध्ये भेग सर्केगाडको टेलिफोन सेवा अवरुद्ध

सुरेश परियार बिहिबार, बैशाख १८, २०८२

सर्केगाड । जिल्लाको मध्ये भेगमा रहेका सर्केगाड गाउपालिकाको लागि निर्माण गरिएको नेपाल टेलिकमको टावर एक महिना देखि टेलिफोन सेवा अवरुद्ध भएको छ ।

सर्केगाड गाउँपालिका–५ स्थित कुति गाउँको भदालीमा रहेको टेलिफोन टावरमा खराबी आउँदा एक महिनादेखि सेवा अवरुद्ध भएको स्थानीय बताउँछन् । एक महिनादेखि टेलिफोनले काम नगर्दा वडा–१, ४, ५, ६, ७ र ८ नम्बर वडाका सेवाग्राही फोन सम्पर्कमा जोडिन नसकेको बताएको छ ।

लामो समय नमस्ते मोवाईको टावरले काम नगर्दा सर्केगाड गाउपालिकाका सर्वसाधारण, स्वास्थ्यकर्मी, विभिन्न पेसा, व्यवसायमा संलग्नहरूलाई सञ्चरमा सास्ती खेप्नु परेको होटेल ब्याबसाइक धनराज शाहीले बताउन भएको छ ।

हुम्लाको सर्केगाड गाउँपालिका–५ को भदालीमा राखिएको नेपाल टेलिकमको टावर एक महिना देखी काम गर्न छोडेपछि सर्केगाड गाउँपालिकावासी सञ्चारविहीन भएका छन् । सर्केगाड गाउपालिकाका स्थानिय ले मर्मतको लागि नेपाल टेलिकम हम्ला लाई खबर गर्दा मर्मतको लागि कनै पहल हुन नसकेको वडानम्बर ४ का छवि थापाले बताए ।

महिना दिनदेखि टेलिफोन सेवाले काम नगरेपछि जिल्लाभित्र र बाहिर रहेका आफन्तसँग सम्पर्क विच्छेद भएको र पालिकाको केन्द्र सर्केगाड सहित आसपासका क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको दिल बहादुर थापाले बताए ।

एक महिना देखी बिग्रेको टेलिफोन टावर मर्मतका लागि सर्केगाड गाउँपालिका, हुम्ला दूरसञ्चार कार्यालय लगायत सम्बन्धित कार्यालयले चासो नदिँदा सास्ती भएको सर्केगाडका स्थानीयको गुनासो रहेको छ ।

हिमाली जिल्ला हुम्लाको मध्ये भेग सर्केगाडमा इलाका प्रशासन कार्यालय, स्वास्य संस्था, क्याम्पर, सिटिजन्स बैंक, अन्य विभिन्न सङ्घसंस्थाका उपशाखा भएकाले दैनिक फोन सेवा नहुँदा कार्यालयको कामकाजको जानकारीका साथै सूचना सम्प्रेषणमा समस्या भएको खबर प्रप्त भएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]