हुम्ला पूर्णखोप जिल्ला घोषित

सिमकोट । हुम्ला पूर्ण खोप जिल्ला घोषित भएको छ । स्वास्थ्य सेवा कार्यालय हुम्लाको आयोजनामा शनिबार एक कार्यक्रमका बिच नेपालको ७१ औँ जिल्लाका रुपमा पूर्ण खोप जिल्ला घोषणा गरिएको हो । हुम्लाका सातवटा स्थानीय तहका ४४ वडामा रहेका सबै बालबालिकाले पूर्ण रुपमा नियमित खोप पाएपछि जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाको […]

‘लम्पी स्कीन’ रोगले १२७ पशु मरे, सोह्र सय बढी संक्रमित

सिमकोट । हिमाली जिल्ला हुम्लामा वैशाख दोस्रो सातायता पशुचौपायामा ‘लम्पी स्कीन’ रोगको सङ्क्रमण देखापरेको छ । सुरुमा फाट्टफुट्ट पशुचौपायामा देखिएको यो रोगको सङ्क्रमण हाल प्रकोपकै रूपमा फैलिएको छ । लम्पी नामको छालाको संक्रमणले पशुहरु बिरामी हुने र दैनिक मर्ने गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख कृष्ण रोकायाले बताउनुभयो । अहिलेसम्म […]

विष सेवन गरेर युवतीको मृत्यु

सिमकोट । हुम्लामा विष सेवन गर्दा एक जना युवतीको मृत्यु भएको छ । सिमकोट गाउँपालिका –७ का सोविका शाहीले विष सेवन गर्दा मृत्यु भएको हो । आइतबार राती २ बजे विष सेवन गरेककी १८ वर्षिय शाहीलाई सोमबार विहान दश बजे उपचारका लागि जिल्ला अस्पतालमा ल्याएको भएपनि उपचारका क्रममा मृत्यु भएको अस्पतालका सिनियर अनमी सरीता बोहराले […]

सिमकोट पूर्णखोप सुनिश्चित र साक्षर गाउँपालिका घोषित

सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिका सोमबार आयोजित एक कार्यक्रमका विच पूर्ण सुनिश्चित र साक्षर गाउँपालिका घोषित भएको छ । सिमकोट गाउँपालिका भित्रका एक देखि आठ वडासम्मका जन्मेदेखि २३ महिनासम्मका सबै बालबालिकाले सहज रूपमा खोपको पहुँचमा ल्याइएपछि पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित भएको पालिका स्वास्थय संयोजक नर बहादुर भण्डारीले बताउनुभयो । तोकिएको मापदण्ड र […]

सुत्केरी व्यथाले छट्पटीएकी सत्याले बाटोमै मृत छोरीको जन्म दिइन

सिमकोट। प्रशवको व्यथा लागेपछि जिल्ला अस्पताल लैजाँदै गर्दा सिमकोट गाउँपालिका–८ खोल्सीकी सत्या शाही बाटौमै सुत्केरी भएकी छन् । प्रशव पिंडा लागेर खोल्सी सामुदायिक स्वास्थ्य इकाइमा पुर्याइएकी शाहीलाई जिल्ला अस्पताल सिमकोट रिफर गरेर स्टेचरमा लैजाँदै गर्दा खोल्सीको डाँडीधारा भन्ने स्थानमा मृत शिशुको जन्म दिएको  खोल्सी सामुदायिक स्वास्थ्य इकाईका इन्चार्ज धिरन शाहीले जानकारी दिए । स्वास्थ्य चौकीमा […]

औलो रोग नियन्त्रणमा ताँजकोट गाउँपालिका

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको ताँजाकोट गाउँपालिकाले औलो रोगको नियन्त्रणका लागि औषधि छर्कने कार्य सुरु गरेको छ । गाउँपालिकाले सरोकारवाला पक्षको सहयोग र समन्वयमा लामखुट्टे भगाउने औषधि छर्कने कार्य सुरु गरेको हो । यो समयमा गर्मी बढेसँगै लामखुट्टे भित्रिने र औलो (मलेरिया) रोगका बिरामी देखिने भएका कारण त्यसलाई नियन्त्रण गर्न औषधि छर्कने कार्य सुरु […]

अल्ट्रासाउण्डमार्फत महिलाको गर्भ जाँच

सिमकोट । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिकाको सायाँ स्वास्थ्यचौकीमा सात जना महिलाको अल्ट्रासाउण्डमार्फत गर्भ जाँच गरिएको छ । विकट हुम्लाको एक मात्रै जिल्ला अस्पतालबाट सेवा प्रवाह हुँदै आएको अल्ट्रासाउण्डमार्फत गर्भ जाँच अहिले ग्रामीण भेगमा समेत सञ्चालन भइरहेको छ । यस अघि गर्भवती महिलाले आफ्नो गर्भमा रहेको शिसुको स्वास्थ्य अवस्था र आमाको शारीरिक अवस्था कस्तो […]

रोगब्याधी हटाउन राँगोको बलि

सिमकोट । रोगब्याथी हटाउन भन्दै हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा राँगाको बलि दिइएको छ । खेतमा लगाइएको बालीनाली राम्रो होस् र पछिल्लो समय फैलिएको रोगब्याधी हटाउन अदानचुलीको श्रीनगरमा राँगाको बलि दिइएको हो । वर्षभरि फैलिएको रोगब्याधी हटाउन र अन्न उत्पादन राम्रो होस भन्ने हेतुुले पौराणिक मान्यतासाथ राँगोलाई श्रीनगरका गाउँ घुमाउँदै बलि दिइएको मोहनसिंह बुढाले […]

स्वास्थ्य सेवा कार्यालय हुम्लालाई औषधि सहयोग

सिमकोट । जिल्ला अस्पताल हुम्लामा औषधिको चरम अभाव भएको समाचार सञ्चार माध्यममा सार्वजनीक सहयोग गरिएको हो । स्वास्थ्य सेवा कार्यालय हुम्लालाई काठमाडाँैको नेपाल हेल्थ ट्रष्टले औषधि सहयोग गरेको हो । हेल्थ ट्रष्टबाट ३१८ प्रकारको सहयोग स्वरुपमा प्राप्त भएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका निमित्त प्रमुख प्रेमबहादुुर सिंहले बताउनुभयो । औषधि ट्रष्टका अध्यक्ष कार्की र व्यवस्थापक रमेश […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]