सुत्केरी व्यथाले छट्पटीएकी सत्याले बाटोमै मृत छोरीको जन्म दिइन

नेपालचेक समचारदाता शुक्रबार, बैशाख १५, २०८०

सिमकोट। प्रशवको व्यथा लागेपछि जिल्ला अस्पताल लैजाँदै गर्दा सिमकोट गाउँपालिका–८ खोल्सीकी सत्या शाही बाटौमै सुत्केरी भएकी छन् ।

प्रशव पिंडा लागेर खोल्सी सामुदायिक स्वास्थ्य इकाइमा पुर्याइएकी शाहीलाई जिल्ला अस्पताल सिमकोट रिफर गरेर स्टेचरमा लैजाँदै गर्दा खोल्सीको डाँडीधारा भन्ने स्थानमा मृत शिशुको जन्म दिएको  खोल्सी सामुदायिक स्वास्थ्य इकाईका इन्चार्ज धिरन शाहीले जानकारी दिए ।

स्वास्थ्य चौकीमा एएनसी चेकअप गर्दा आगामी जेठ २ गते सुत्केरी हुने मिति दिएको भएपनि आज बिहान अकस्मात् रक्तश्राव भएपछि सामुदायिक स्वास्थ्य इकाइमा ल्याएको बताएका इन्चार्ज शाहीले त्यहाँ उपचार गर्न संभव नभएपछि जिल्ला अस्पतालका लागि रिफर गरिएको जानकारी दिए ।

‘जिल्ला सदरमुकाम सिमकोटबाट १८ कोषको दूरीमा रहेको खोल्सीबाट बिरामी शाहीलाई ल्याउन गाडी समयमा नआएपछि स्टेचरमा लैजान समय लागेपछि अन्तिम अवस्थामा मृत शिशुको जन्म भएको हो’ स्वास्थ्य इकाई प्रमुख शाहीले नेपाल चेकसँग भने, ‘सुत्केरी आमाको अवस्था निकै जटिल भएपछि तत्काल हामीले धारापरी स्वास्थ्य चौकीमा लगेर उपचार गर्ने काम गरेका छौं ।’

मृत शिशुको जन्म दिएकी आमाको अवस्था शुरुमा निकै गम्भीर भएको उल्लेख गरेका  इन्चार्ज शाहीले आमाको मुखबाट फिज निकाल्ने बेहोस अवस्थामा चौगनफया स्वास्थ्य चौकी लगेर उपचार गरेपछि अवस्था केही सुधार हुँदै गएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]