६८ गर्भवतीलाई गाउँमा निःशुल्क भिडियो एक्सरे

सिमकोट । हुम्लाको दक्षिणी भेगमा रहेको ताँजकोट गाउँपालिकाले प्रत्येक गाउँ गाउँमै पुगेर गर्भवती महिलाहरूको भिडियो एक्सरेसहित निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । गर्भमा रहेको शिशु तथा आमाको स्वास्थ्य कस्तो छ भनेर भिडियो एक्सरे गर्नका लागि गाउँपालिका स्वास्थ्य शाखाले चारवटा स्वास्थ्यचौकी मार्फत महिलाको सुविधाको लागि ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम सुरु गरी गर्भवतीको निःशुल्क स्वास्थय परीक्षण गरेको स्वास्थ्य […]

निःशुल्क औषधि सहयोग

सिमकोट । दुुर्गमको एक गाउँपालिकाले गाउँपालिकाभित्रका सबै खाले दीर्घरोगीलाई निःशुल्क औषधि सहयोग गरेको छ। आर्थिक अवस्था कमजोर भएका र सधँै औषधि प्रयोग गरिरहनुुपर्ने दीर्घरोगका बिरामीलाई खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य शाखाले निःशुल्क औषधिको व्यवस्था गरेको हो । खार्पुनाथ गाउँपालिका–३ की जुनकला बुढाले दम रोगबाट पीडित हुँदै आएको र यसको नियमित औषधि सेवन गर्नुपरिरहेकोमा गाउँपालिकाको स्वास्थ्य शाखाले निःशुल्क […]

९० जनाको अप्रेसन : तस्विरमा हेर्नुहोस् आँखा शिविर

सिमकोट । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिकामा सञ्चालित आँखा शिविरमा विभिन्न ९० जनाको आँखाको अप्रेसन गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानसँगको सहकार्यमा गाउँपालिकाले आयोजना गरेको शिविरमा दुई दिनमा ९० जनाको आँखाको सफल अप्रेसन गरिएको र २ सय ४४ जनाको आँखाको विभिन्न समस्याको उपचार गरिएको साँया स्वास्थ्य चौकीका इन्चार्ज ववरजंग पालले बताउनुभयो । तिलगंगा आँखा […]

एम एस कुन्ड्रोलिङ्ग कम्प्युटर इन्टीच्युटद्धारा बजार सरसफाई

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा सञ्चालित एम एस कुन्ड्रोलिङ्ग कम्प्युटर सीप तालिम केन्द्रले सिमकोट वजारमा सरसफाइ गरेको छ । शनिबारको अवसरमा उक्त सरसफाइ एम एस कुन्ड्रोलिङ्ग कम्प्युटर सीप तालिम केन्द्रको आयोजनामा माथिल्लो गाउँको मुङ्ग्रा धारा देखि बजार हुँदै तल्लो बजार धुपी रुख सम्म सरसफाइ गरिएको हो । सिमकोट गाउँपालिका– ३ का वडा अध्यक्ष पामा लामा, […]

नाम्खामा १३ कुकुरको बन्ध्याकरण

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले छाडा रुपमा छोडिएका १३ वटा कुकुरको बन्ध्याकरण गरेको छ । छाडा रुपमा छोडिएका कुकुरहरुबाट अन्य थुप्रै कुकुर पैदा हुने र त्यसले मानिस तथा पशुमा रेबिज रोग लाग्न सक्ने भएकाले गाउँपालिकाको पशु शाखाले छाडा रुपमा छोडिएका १३ वटा कुकुरहरुको बन्ध्याकरण गरिएको गाउँपालिकाको पशु शाखामा कार्यरत जानकी बुढाले जानकारी बताउनुभयो । […]

ठेहे स्वास्थ्य चौकीलाई साढे २ लाख औषधि सहयोग

सिमकोट । नेपाल हेल्थ ट्रष्टले सिमकोटको ठेहे स्वास्थ्य चौकीलाई निःशुल्क प्रदान गरेको साढे दुई लाख बराबर मूल्यको औषधी आज हस्तान्तरण गरिएको छ । ठेहे स्वास्थ्य चौंकीमा बाक्लो वस्तीका कारण बिरामीको चाप हुने र त्यस अनुसार औषधीको अभाव हुने भएपछि स्वास्थ्य चौकी इन्चार्ज दानबहादुर बकोहराको अनुरोधमा ट्रष्टले प्रदान गरेको औषधी आज जिल्ला अस्पताल विकास समितिका अध्यक्ष […]

स्वास्थ्य शिविरमा २१८९ जनाले सेवा लिए (तस्विरमा हेर्नुहोस् )

सिमकोट । हुम्लाको एक मात्रै जिल्ला अस्पतालमा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा २ हजार एक सय ८९ जनाले सेवा लिएका छन् । तीन दिनसम्म सञ्चालन भएको वृहत एकीकृत स्वास्थ्य शिविरमा जिल्लाभरका नागरीकले स्वास्थ्य उपचार गराएका छन् । शिविरमा ०–९ वर्ष सम्मका १९०, दश देखि चौध वर्षसम्मका १२३ जना, १५ देखि १९ वर्षसम्मका १०६ जना र […]

सुनौला हजार दिनका आमालाई उन्नत जातका कुखुरा

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाले नेपाल सरकारको बहु क्षेत्रीय पोषण कार्यक्रम अन्तरगत सुनौलो हजार दिनका आमा, र गर्भवती आमाहरूलाई उन्नत जातका कुखुरा वितरण गरेको छ । गाउँपालिकाभरीका आमाहरुको पोषण स्वास्थ्य सुधार गर्नका लागि उन्नत जातका कुखुरा, विभिन्न प्रकारको तरकारी विउ विजन वितरण गरेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनराज ढकालले बताउनुभयो । गाउँपालिकामा […]

आत्महत्या रोकथामका लागि विद्यार्थीलाई अभिमुखिकरण

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–७ डाडाफयाँमा रहेको कैशाल माध्यामिक विद्यालयका विद्यार्थीलाई आत्महत्या रोकथामका लागि अभिमुखिकरण तालिम दिइएको छ । जिल्ला प्रहरी कार्याललय हुम्लाको “समुदाय–प्रहरी साँझेदारी” अन्तर्गत कैलाश माध्यामिक विद्यालयमा अध्ययनरत कक्षा ८,९ र १० का झण्डै ६० जना भन्दा बढी विद्यार्थीलाई आत्महत्या रोकथाम सम्वन्धि सचेतना गराइएको हो । आत्महत्याको जोखिम कस्ता व्यक्तिमा हुने गर्दछ र […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]