सिमकोट । नेपाललाई वि.सं २०६३ जेठ २१ गते छुवाछूत भेदभाव मुक्त राष्ट्र घोषणा गरिएको भएपनि हुम्लाको सिमकोट गाउँपालिका–७ डाडाफयमा रहेको कैलाश माध्यामिक विद्यालयले जातीय विभेद गरेको दलित समुदायका विद्यार्थीको गुनासो छ ।
जेठ २१ गते जातीय उन्मुलन दिवस मनाउने अघिल्लो दिन आफुहरु माथि भेदभाव भएको कैलाश माध्यामिक विद्यालयमा अध्ययन गर्दै आएका दलित विद्यार्थीहरुको गुनासो छ । मंगलबार विद्यालय प्राङ्गाडमा फुटबल खेल्ने क्रममा दलित र गैरदलित विद्यार्थी विच विवाद भएको थियो । दुई पक्ष विवाद हुँदा दलितका विद्यार्थीलाई शिक्षकले अपहेलना गरेको उनीहरुको गुनासो छ ।
शिक्षकले आफुहरुलाई अपाच्य शब्द बोल्दै स्कुल ड्रेस सर्ट नै च्याति दिएको दलितका विद्यार्थी सन्देश सुनारको गुनासो छ । आफुहरु दलित भएकै कारण विद्यालयमा भेदभाव सहनु परेको छ । कक्षा कोठामा समेत जातीय भेदभाव हुने गरेको विद्यार्थी सुनारको गुनासो छ ।
मङ्गलबार भएको विवाद बुधबार विद्यालयमा मिलापत्र गरिसकेपछि पनि आफुहरुले जातीय विभेद सहन परेको अर्का विद्यार्थी सम्झना सुनारको गुनासो छ ।
विद्यालय प्रशासनले मंगलबार भएको विवाद बुधबार मिलापत्र गरेको भएपनि विहिबार दलितका विद्यार्थी सदरमुकाम सिमकोट पुगेको आफुलाई थाहा नभएको सोही विद्यालयका प्रभानध्यापक मेज बुढाले बताउनुभयो । दलित र गैरदलितका विद्यार्थी विच विवाद भएको तर अन्य कुराका साथै विभेद गर्ने शिक्षकका विषयमा आफुलाई जानकारी नभएको प्रधानध्यापक बुढाको भनाई छ ।
जातीय विभेद भयो भनेर जिल्ला प्रहरी कार्यालय सदरमुकाम सिमकोटमा उजुरी दिन पुगेका विद्यार्थी भने आफुहरुले विगतदेखि सहदै आएको हुनाले अब यस्ता विभेद नसहने उनीहरुको भनाई छ । जातीय विभेद भएको भन्दै कैलाश माध्यमिक विद्यालयका विद्यार्थीले शिक्षक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दायर गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार दुबै पक्षलाई झिकाएर छलफल गरिसकेपछि थाहा हुने जानकारी प्राप्त भएको छ ।
बिहिबार दलितका कोही पनि विद्यार्थी विद्यालय नगएर उनीहरु सदरमुकाम पुगेका छन् । विद्यालयमा वर्षौदेखि जातीय विभेद सहदै आएका कारण विभेद गर्ने शिक्षकलाई कारबाही नहुँदासम्म विद्यालय नजाने अर्का विद्यार्थी हिक्मत सुनारले बताउनुभयो । आफुहरु झण्डै ३० जना दलित समुदायका विद्यार्थी कोही पनि विद्यालय नगएको उनीहरुको भनाई छ । उनीहरु सबै विद्यालय छोडेर सिमकोट पुगेका छन् । आफुहरुलाई भोलीदेखि विद्यालय नै शिक्षकले नआउ भनेपछि आफुहरु आफ्नो हक अधिकारका लागि सदरमुकाम सिमकोट पुगेको सुनारको भनाई छ । अब विद्यालय जाने पनि कसरी विद्यालय गएपछि विभेद हुन्छ । त्यहीँ माथि सरले नै नआउ भन्नु भएको छ । अब कसरी विद्यालय जानु । विद्यालय मात्रै नभएर बाटो हिड्दा पनि भेदभाव हुन्छ । बाटो हिड्नपनि डर लाग्छ । पिट्छु भन्छन् गैरदलितहरु विद्यार्थी हिक्मतको गुनासो छ ।
नेपालमा लोकतन्त्रको स्थापना र पुनर्बहालीसँगै सबै किसिमका विभेद अन्त्य गर्न पटक–पटक सार्वजनिक घोषणा भएका छन् । नेपाल छुवाछूत मुक्त राष्ट्र घोषणा भएको १८ वर्ष बित्यो । जातीय विभेदलाई कानुनी रूपमा दण्डनीय बनाइएको छ । संविधानमै छुवाछूत तथा भेदभावविरुद्धको हकको व्यवस्था छ । तर, दलित समुदायमाथि हुने भेदभावको घटना अझै रोकिएको छैन । यसकै एक प्रतिनिधि घटना हो डाडाफयाको कैलाश माध्यामिक विद्यालयमा दलित विद्यार्थीहरुसङ्ग विभेद गरिएको छ । उसो ति शिक्षकका छोराले समेत आफुहरुलाई तल्लो जात भएकै कारण हक जमाउनुका साथै हेपाहका साथै पिट्ने गरेको उनीहरुको गुनासो छ । शिक्षकका छोरा कैलाश माध्यामिक विद्यालयमा अध्ययन नगर्ने भएपनि उनी के कति कस्को रिसिभिले आफुहरुलाई दमन गर्दै आएको दलित विद्यार्थीको गुनासो छ ।
यता आफुले जातीय विभेद नभएर दलित र गैरदलितका विद्यार्थी विच विवाद भएपछि उनीहरुलाई सम्झाएर फुटबल खेलिरहेका सबैलाई एक एक लठ्ठली हानेको शिक्षक हरीबहादुर शाहीले बताउनुभयो । विद्यालयमा दलित र गैरदलितका विद्यार्थी विच फुटबल खेल्ने क्रममा विवाद भएको हो आफुले त्यो विवाद साम्य बनाउन दुबै पक्षलाई सम्झाएको शिक्षक शाहीको भनाई छ । तर आफु जस्तो शिक्षकले कसरी जातीय विभेद गर्नु सक्छु भन्दै आफ्नो साछी गाउँले, विद्यालय परिवार सबै भएको शिक्षक शाहीको भनाई छ । दलित समुदायका विद्यार्थीले आक्रोस र अरुको उक्साहटको भरमा लागेर आफ्नो बदनाम गर्न खोजेको उहाँको भनाई छ । दलितका विद्यार्थीले आफ्नो हक अधिकार छ भन्दैमा अरुको हक अधिकारमा हनन हुने कुरा गर्न नहुने शिक्षक शाहीको भनाई छ । फुटबल खेल्दा दुई पक्ष विच विवाद हुँदा आफ्नो छोरा उनीहरुको झगडा शान्त गर्न पुग्दा उनीहरु जातीय विभेद भयो भनेर दोस लगाएको शिक्षक शाहीको भनाई छ । विद्यालय परिसर बाहिर विवाद साम्य बनाउन आफ्नो छोरा पुगेको हो । बुधबार बिद्यालय परिसर बाहिर विवाद भएको थियोे ।