लागु औषध दुव्र्यसन सम्बन्धि सचेतना जगाउँदै ठेहे गाउँमा देउडा

Nepal Chek बुधबार, बैशाख १७, २०८२

सिमकोट । महिला जागरण संघको आयोजनामा जिल्लाको सिमकोट गाउँपालिका वडा नम्बर दुइ ठेहे गाउँमा लागु औषध दुव्र्यसन सम्बन्धि सचेतना जोगाउँदै मंगलबार देउडा आयोजना भएको छ । मंगलबार महिला जागरण संघका ज्ञानु रोकायाको अध्यक्षतामा र वडा नम्बर दुई ठेहे गाउँका वडाध्यक्ष देवजङ बोहराको प्रमुख आथित्यमा देउडा खेलको आयोजना भएको जानकारी प्राप्त भएको छ ।

लागु औषध दुब्र्यसन विरुद्धको देउडा गीत मार्फत यसको सचेतना सम्बन्धि जानकारी दिदैँ देउडा प्रतियोगिता भएको वडा नम्बर दुईका वडाध्यक्ष बोहराले बताउनुभयो । लागु औषध सम्बन्धि जानकारी दिइने आजै भएको कार्यक्रममा आठ टिमको सहभागीताका साथै प्रतिस्पर्धा भएको थियो । ६ वटा महिला टिम ठेहे गाउँका र एक सिमकोट माथिल्लो गाउँ, एक तल्लो गाउँ गरी आठवटा महिला टिमको सहभागीता भएको अध्यक्ष बोहराले बताउनुभयो । त्यसैगरी सिमकोट तल्लो गाउँबाट पुरुष एक टिम र ठेहे गाउँबाट पुरुष दुई टिमको यस कार्यक्रममा सहभागीता रहेको थियो ।

लागू औषध नियन्त्रणलाई सफल बनाउन आवश्यक कार्ययोजना निर्माण गरी जनस्तरबाटै अभियान सञ्चालन गर्नुपर्ने देउडमार्फत भनिएको थियो । भने पारिवारिक कलह, असफलता, साथीभाइको गलत संगतलगायतले युवाहरू दुव्र्यसनीमा पर्ने गरेको अवस्थामा दुव्र्यसनीलाई न्यूनीकरणका लागि ढिलाइ गर्न नहुने भन्दै देउडा गीतमार्फत सवालजवाफ भनिएको थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]