सिमकोट गाउँपालिकाद्धारा बिस जना होटेल व्यवसायीलाई कुक वेकरी तालिम

Nepal Chek मंगलबार, बैशाख ११, २०८१

सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आथित्य तथा कुक वेकरी तालिम आटबाट सञ्चालन गरेको छ । सिमकोटमा रहेका होटेल, रेष्टुरेण्ड र होमेस्टे सञ्चालन गर्दै आएका विस जना होटेल व्यवसायीलाई स्थानीय उत्पादनको कुक वेकरी बनाउने सम्बन्धि तालिम सञ्चालन गरिएको हो । कुक वेकरी बनाउन सिकाउनका लागि २० दिने तालिममा प्रशिक्षण दिनका लागि काठमाण्डौंबाट उमेश भुवाइ र मिलन तामाङ गरी दुई जना प्रशिक्षक आइपुगेका छन् ।

तालिमको उद्घाटनमा बोल्दै प्रशिक्षक भुवाइले यहाँको स्थानीय उत्पादनलाई कसरी बनाएर बनाउन सकिन्छ भन्ने जानकारी दिइने बताउनुभयो । बाहिरको भन्दा यहाँको खाना कसरी विदेशीलाई आकर्षित गर्न भन्ने बारेमा सिकाइने भुवाइले बताउनुभयो । यदी यहाँको उत्पादनले विदेशी तथा स्वदेशी पर्यटकलाई पाच्य हुन नसकेपनि कसरी पाच्य बनाउन सकिन्छ भन्ने बारेमा पनि सिकाइने उहाँको भनाइ छ ।

सदरमुकाममा पनि राम्रा होटेल भएकाले थप व्यवस्थीत बनाउनका लागि तालिको आयोजना गरिएको सिमकोट गाउँपालिका कार्यबाहक अध्यक्ष तथा उपाध्यक्ष शुसिला रोकाया(भाम)ले बताउनुभयो । जिल्लामा विभिन्न रैथाने बालीहरु उत्पादन हुने भएकाले यहाँको उत्पादनलाई समेत बढावा दिनका लागि यो तालिमको आयोजना गरिएको हो । कार्यबाहक अधयक्ष तथा उपाध्यक्ष रोकाया (भाम)ले सिप सिकेमा खेर नजाने र जिल्ला बाहिरबाट महंगो तलब दिएर कुक ल्याउनुभन्दा यहाँकै स्थानीयले सिप सिकेपछि उनिहरु सरह तलब पाउनुका साथै रोजगारी समेत पाउने भएको रोकायाले बताउनुभयो । तालिम सिकेर यही उत्पादन भएका कुकले यहीँ रोजगारी पाउन उपाध्यक्ष रोकायाले बताउनुभयो ।

आजबाट उद्घाटन भएको कुक वेकरी तालिममा प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदी,सिमकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत उजिर रोकाया, विभिन्न वडाका वडाध्यक्ष सहित तालिम लिने होटेल व्यवसायीको सहभागीता रहेको प्रतिभा मरासिनीले बताउनुभयो । दश जना होटेल , तीन होमेस्टेबाट ६ जना र रेस्टुरेण्डबाट ४ जना गरेर २० जना व्यवसायीलाई तालिम दिइने भएको मरासिनीले बताउनुभयो । सिमकोट गाउँपालिकाको आयोजनामा र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सिमकोट, जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाको प्रायोजकमा २० दिने कुक वेकरी तालिम सञ्चालन भएको हो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]