सिमकोट । हुम्लाको सदरमुकाम सिमकोट दिनभर विद्युत सेवा अवरुद्ध भएको छ । शुक्रबार विहान ९ बजेबाट विद्युत सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् ।
पानीको पावर बढी हुँदा हेल्दुम साना जलविद्युत आयोजनामा रहेको पावरमा रहेको पेनस्टिक पाइपको नजिकको वासरले काम नगर्दा दिनभर सिमकोट बजार अन्धकारमय बनेको हो । विहान देखि अवरुद्ध भएको विद्युत सेवा मर्मत जारी रहेको नेपाल विद्युत प्राधिकरण कार्यालय सिमकोटका कर्मचारी विर्ख दमाईले बताए । उहाँका अनुसार विहानबाट अवरुद्ध भएको विद्युत सेवा सुचारु गर्नका लागि कर्मचारी दिनभर लागि परेको छन् । पेनस्टिक पाइप नजिक रहेको वासर जडान कार्य हुन नसकेको बताए ।
उक्त वासर जडान भएपनि आज साँझसम्म विद्युत सेवा सञ्चालनमा आउने भएको कर्मचारी दमाईले बताए । हेल्दुम साना जलविद्युतको विद्युत सेवा अवरुद्ध हुँदा सदरमुकाम सिमकोटमा रहेको सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई कार्यालयमा काम गर्न थप समस्या बनाएको हो । भने अन्य बजारमा रहेका इलोक्ट्रोनिक पसल व्यवसायीको काम समेत प्रभावित बनाएको छ ।
दिनभर विद्युत अवरुद्ध हुँदा सर्वसाधरणलाई समेत मोबाईल, ल्याप्ट चार्ज देखि विद्युतबाट खाना, खाजा बनाउन बाधा पुगेको छ । मर्मत कार्य जारी भएकाले सञ्चालन साँझसम्म आइसक्ने भएको छ । उक्त आयोजनाले सिमकोट र खार्पुनाथ गाउँपालिकाका नागरीकलाई विद्युत सेवा दिँदै आएको छ । हिउँद याममा सिमकोट दैनिक १८ घण्टा बढी लोडसेडिङ हुँदै आएको छ ।