अनुदानको चुलो बेवारिसे

सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाका बासिन्दालाई निःशुल्क उपलब्ध गराउने भनिएको सुधारिएको चुलो नौ महिनादेखि बेवारिसे बनेका छन् । छिमेकी खार्पुनाथ गाउँपालिकाको नल्ला पुल नजिकै ३५७ वटा सुधारिएको चुलो नौ महिनादेखि बेवारिसे छोडिएका छन् । गत वैशाख महिना सल्लिसल्लाबाट खच्चर ढुवानी गरी खार्पुनाथ गाउँपालिका नल्ला पुल नजिकै ल्याएर अहिलेसम्म बेवारिसे छोडिएको पाइएको छ । […]

चार महिनापछि खाद्यान्न बिक्री सुरु

सिमकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले चार महिनापछि खाद्यान्न बिक्री वितरण सुरु गरेको हो । आइतबारदेखि ढुवानी अनुुदानको खाद्यान्न बिक्री गरिहेको छ । यस वर्षको कोटाको खाद्यान्न ढुवानी भएर आएपछि बिक्री गर्न मिल्ने गरी मौज्दात हुँदा शाखाले बिक्री सुुरु गरेको जानकारी प्राप्त भएको छ । असोजमा दसँैका लागि खाद्यान्न बिक्री […]

हावाहुरीका कारण हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध

सिमकोट । हिमाली जिल्ला हुम्लामा सञ्चालित एकमात्र यातायातको साधन हवाई सेवा हावाहुरीले अवरुद्ध भएको छ । विहीबार विहानदेखि जिल्लामा हावाहुरी चल्दा आज (शुक्रबार) पनि हवाई सेवा अवरुद्ध भएको सिमकोट विमानस्थलले जानकारी दिएको छ । मंगलबार मध्य रातिदेखि चलेको हावाहुरीका कारण नेपालगञ्ज र सुर्खेतबाट नियमित उडान भरने निजी जहाजले हावाहुरीका कारण हवाई उडान हुन नसकेको हो […]

नाम्खा गाउँपालिकाद्वारा सार्वजनिक सुनुवाइ कार्यक्रम

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले ०७८÷७९ मा सम्पादन गरेका कार्यको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष सुरु भएको पाँच महिनापछि नाम्खाा गाउँपालिकाले अघिल्लो वर्षको सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको हो । गाउँपालिकाहरूले गर्नुपर्ने महत्वपूर्ण कार्यमा अघिल्लो आर्थिक वर्षमा भएका कामको सार्वजनिक सुनुुवाइ कार्यक्रम पर्छ । त्यसैलाई ध्यानमा राखी नाम्खा गाउँपालिकाले अघिल्लो आर्थिक […]

उपचारमा आर्थिक अभाव, न्यूरो अस्पतालमा छटपटाउँदै उम्मपुरी बोहरा

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–२ निवासी उम्मपुरी बोहरालाई उपचारमा आर्थिक अभाव भएको छ । मस्तिष्कघात (प्यारलाइशिस) का काराण गम्भीर बिरामी परेकी बोहराको उपचारमा आर्थिक अभाव भएको हो । उहाँको काठमाडौं बाँसघारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । मस्तिष्कघातका कारण मृत्युसँग लड्दै उहाँको शरीरको दाइने भाग चल्न छाडेको श्रीमान चक्र बोहराले बताउनुभयो । मङ्सिर पाँच गते गाउँ […]

दसैँका लागि छुटमा खाद्यान्न बिक्री सुुरु

सिमकोट । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाले असोन एक गतेबाट सहुुलियतमा खाद्यान्न बिक्री सुुरु गरेको छ । नेपालीहरुको बडादसैँको अवसर पारेर पहिलो पटक हुम्लामा लिमिटेडद्वारा सहुलियतमा खाद्यान्न बिक्री सुुरु गरेको हो । शाखाका नायव सुब्बा नवीन आचार्यका अनुसार, लिमिटेडको केन्द्रीय नीतिअनुुसार दसँैको अवसरमा सर्वसाधारणका लागि खाद्यान्न बिक्री सुुरु भएको भएको बताउनुभयो […]

सिमकोट गाउँपालिकाद्धारा विद्यार्थीलाई कम्बल सहयोग

सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले ५८ औं वालदिवसको अवसरमा विद्यार्थी कम्बल सहयोग गरेको छ । सदरमुकाममा रहेको हिमाली छात्रावासमा अध्ययनरत विद्यार्थीलाई कपडाको समस्या भएपछि गाउँपालिकाले कम्बल सहयोग रहेको गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले बताउनुभयो । मानसरोवर माध्यामिक विद्यालय अन्तरगतको हिमाली छात्रावासमा अध्ययन गर्ने ५० जना विद्यार्थी मध्ये २५ जनालाई एक–एक थान कम्बल सहयोग […]

२९ भदौदेखि नयाँ नोट साट्न सकिने

काठमाडौं । दसैं, तिहार र छठका लागि २९ भदौदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले नजिकिँदो चाडपर्व लक्षित गर्दै २९ भदौदेखि नयाँ नोट साट्न सकिने सुविधा प्रदान गर्ने भएको हो । सर्वसाधारणले काठमाडौं उपत्यकामा २९ भदौ र उपत्यका बाहिर भने २ असोजदेखि नयाँ नोट साट्न सक्ने नेपाल राष्ट्र बैंक मुद्रा […]

असोज एक गतेबाट छुटमा खाद्यान्न वितरण हुने

सिमकोट । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाले असोज एक गतेबाट छुटमा खाद्यान्न वितरण गर्ने भएको छ । दशैंका लागि प्रति केजी रु सात रुपैया कममा खाद्यान्न वितरण गरिने भएको हो । आजभोलीको विक्री भइरहेको मूल्य भन्दा प्रति केजीको सात रुपैया कममा खाद्यान्न वितरण गरिने भएको लिमिटेड हुम्ला शाखाका निमित्त कार्यालय प्रमुख […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]