
सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर पाँचका वडाध्यक्ष भरजंग शाहीले आफ्नो पहिलो पारिश्रमीकबाट खाद्यान्न सहयोग गर्नुभएको हो । वडा नम्बर पाँचमा रहेको गरिब,असाय, दलितलाई राज्यबाट पाउने सेवा सुविधाबाट खाद्यान्न सहयोग गरेको शाहीले बताउनुभयो । वडाध्यक्ष शाहीले चुनावको बेला आफुले जनतामा दिएको बाचा अनुसार वडा नम्बर पाँचमा रहेका दलित, एकल महिला र पुरुष तथा आफ्नो […]
सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको कर्पुखोला लघु जलविद्युत योजनाको निर्माण कार्य समयमै सम्पन्न हुँदा स्थानीयवासी खुसि भएका छन् । निर्माण कम्पनीले छोटो समयमा काम सम्पन्न गर्दा स्थानीय अन्धकारबाट उज्यालो देख्न पाएका छन् । लामो समय देखि अन्धकारमा बस्दै आएका यहाँका नागरीकले अब विद्युत सेवा उपभोग गर्नुका साथै अन्धकार मुक्त भएको हो । योजनाका लागि […]
सिमकोट । हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको रिपगाउँमा चट्याङ लागेर ठूलो सङ्ख्यामा बाख्रा मरेका छन्।चट्याङले सर्केगाडको वडा नं २ का ५० भन्दा बढी बाख्रा मरेका छन् भने एक जना घाइते भएका छन्। रिपको खानी भन्ने स्थानको खर्कमा बाख्रा लगेका बेला परेको चट्याङमा परेर दुई जनाका ५० बढी बाख्रा मरेको सर्केगाड वडा नं २ का वडाध्यक्ष […]
सिमकोट । राष्ट्रिय बाणीज्य बैंकले नगद अभाव हटाउन बुधबार ३० करोड नगद थप गरेको छ । असार मसान्तको समयमा जिल्लाभरका योजनाहरुका उपभोक्ता समितिले एकै पटक भूक्तानी लिन आएकापछि नगद अभाव भएको हुम्लामा बाँकेको नेपालगञ्ज देखि समिटि एयरको विमान चार्टर गरेर बाणीज्य बैंकले ३० करोड नगद थप गरेको राष्ट्रिय बाणीज्य बैंक सिमकोट शाखाका प्रबन्धक सविता शाहीले […]
सिमकोट । कर्णाली कोरिडोर राजमार्गबाट भर्खर ट्रयाक खुलेको हुम्लाको सर्केगार्ड, चंखेली, अदानचुली र ताँजकोटमा स्थानीय ठगिन गरिनेका छन् । सडक सञ्जालले जोडिएसँगै यातायातमा केही सहज भएको हुम्लाको मध्ये र दक्षिण क्षेत्रमा लाइसेन्स, विलवुक नभएका मोटरसाइकलले गैर कानूनी रुपमा यात्रु सार्ने समस्या निकै बढ्दै गएको छ । जिल्लाको मध्ये र दक्षिण क्षेत्रका गाउँपालिकामा स्थानीयलाई मोटरसाइकबाट यातायातको […]
सिमकोट। खार्पुनाथ गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले गाउँपालिकाद्वारा चालु आर्थिक वर्षमा सम्पादन गरिएका गतिविधिहरूको तेस्रो पक्षद्वारा गरिएको अनुगमनबाट आएका सुझावहरूलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। तेस्रो पक्षबाट भएको अनुगमनको प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा उनीहरूले सो प्रतिबद्धता जनाएका हुन्। गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले गाउँपालिकाका पाँचवटै वडाहरूमा तेस्रो पक्षले अनुगमन गरेर बुझाएको प्रतिवेदनमा आएका सुझाव […]
सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा विदेशी पर्यटकलाई लुटपाट गर्न खोज्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ग्रेट हिमालयन ट्रेलको यात्राका क्रममा रहनुभएका जर्मनीका नागरिक ३८ वर्षीय मेटियर्स इक्मालाई उनीहरुले लुटपाट गर्न खोजेका थिए । नाम्खा गाउँपालिका-५ को नारा लेखबाट हिल्सा जादै गरेका पर्यटकबाट सडकमा काम गर्ने कामदारले लुटपाट गर्न खोजेका थिए । प्रहरी […]
सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा चालु आर्थिक वर्ष २०७८।७९ को साल्तमाम सकिन लाग्दा सरकारी तथा यहाँका स्थानीय तहमा असारे विकासको चटाराले छोएको छ । साल्तमाम सकिन दुई साता मात्रै बाँकी रहेका बेला जिल्लामा असारे विकाससँगै जिल्लामा रहेका विभिन्न सरकारी कार्यालय दैनिक दिन भुक्तानी दिन दिनभर व्यस्त देखिएका छन् । अन्य महिना शुक्रबारमा समेत राम्रोसँग […]
सिमकनेट । हुम्लाको मुटु मानिएको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले नागरीकको पारदशिता विनै गुपछुपमा आफ्नो छैटौं गाउँसभा सम्पन्न गरेको छ । शुक्रबार भएको गाउँसभामा सिमकोट गाउँपालिकाका जनप्रतिनिधी र सोही पालिकामा कार्यरत कर्मचारी बाहेक अन्य नागरीकको सहभागीता हुन सकेन् । छैटौं गाउँसभामा पालिकाले नागरीक समक्ष पारदशिता नगर्दा उनिहरुमा शंका पैदा भएको छ । पालिकाले आफ्नो गाउँसभामा स्थानीय […]