दसैँका लागि छुटमा खाद्यान्न बिक्री सुुरु

नेपालचेक समाचारदाता मंगलबार, आश्विन ०४, २०७९

सिमकोट । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाले असोन एक गतेबाट सहुुलियतमा खाद्यान्न बिक्री सुुरु गरेको छ । नेपालीहरुको बडादसैँको अवसर पारेर पहिलो पटक हुम्लामा लिमिटेडद्वारा सहुलियतमा खाद्यान्न बिक्री सुुरु गरेको हो ।

शाखाका नायव सुब्बा नवीन आचार्यका अनुसार, लिमिटेडको केन्द्रीय नीतिअनुुसार दसँैको अवसरमा सर्वसाधारणका लागि खाद्यान्न बिक्री सुुरु भएको भएको बताउनुभयो । यसका लागि शाखाले दुुई हजार पाँच सय क्विन्टल खाद्यान्नप्रति केजी सात रुपैयाँ छुटमा बिक्री सुुरु गरेको गरिरहेको छ । खाद्यान्न असोज ७ गतेसम्म बिक्री वितरण गरिनेछ । दसैँमा सेवाग्राहीलाई केही राहत पुर्याउनका लागि छुुटको व्यवस्था गरिएको हो ।

यसअघि लिमिटेडले दसैँको बेला छुटमा खाद्यान्न बिक्री गर्ने जनाए पनि खाद्यान्न मौज्दात नहुँदा बिक्री गर्न सकेको थिएन । यसपटक भने सबैलाई छुटमा खाद्यान्न बिक्री गर्न शाखाको गोदाममा मौज्दात छ। छुटमा बिक्री हुने खाद्यान्नमा अरुवा मोटा चामलको परल मूल्य ५८ रुपैयाँ प्रतिकेजीमा ५१ रुपैयाँमा बिक्री हुनेछ भने अरुवा मध्यम चामल ६२ रुपैयाँ प्रतिकेजीको ५५ रुपैयाँ लिइएको छ ।

त्यसैगरी प्रतिकेजी ८५ रुपैयाँ पर्ने जिरा स्टिम चामलको ७८ रुपैयाँमा बिक्री गरिएको छ । यस वर्षबाट बिक्री भइरहेको प्रतिकेजी ११० रुपैयाँ पर्ने वास्मती चामल छुटमा १०३ रुपैयाँमा बिक्री भइरहेको छ ।

कर्मचारीका हकमा भने वास्मती चामलको प्रतिकेजी दुुई रुपैयाँ र चामलको पाँच रुपैयाँ छुटमा बिक्री गरिरहेको छ । शाखाबाट छुटमा खाद्यान्न बिक्री गरे पनि आठ वटा अन्य डिपो र बिक्री केन्द्रमा भने यो सुविधा छैन ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]