सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटबाट एक जना गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको दक्षिण भेगमा पर्ने चंखेली गाउँपालिका– ६ चरीगाउँ गाउँकी १८ वर्षिय धनशिला बुढाको जिल्ला अस्पताल सिमकोटमा उपचार हुन नसकेपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।
गाउँपालिका केन्द्रको पिप्लाङ स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल सिमकोटमा ल्याएपनि यहाँपनि उपचार हुन नसकेपछि थप उपचारका लागि मङ्गबार उद्धार जिल्ला बाहिर पठाइएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रतिक्षा भारतीले बताउनुभयो ।
पिप्लाङ स्वास्थ्यचौकीमा हप्ता दिनसम्म उपचार गर्दा उपचार हुन नसकेपछि जेठ ४ गते जिल्ला अस्पताल हुम्लामा ल्याइएको थियो । गर्भवती बुढाको शरिरभरी फोका उठ्नुका साथै ज्वरो अचानक बढेपछि यहाँ उपचार नहुनेपछि जिल्ला बाहिर रेफर गरिएको हो । गर्भवती बुढाको दुई महिना बाँकी सुत्केरी हुने समय अझै बाँकी रहेको छ । गर्भवती बुढालाई सुत्केरीको कुनै लक्षण नदेखिएपनि शरिरका विभिन्न भागमा समस्या आउने गरेको भएपछि रेफर गरिएको हो । बुढाले आफ्नो हात, खुट्टा झिमझिमाउनुका साथै शरिरका अन्यमा समेत दुख्ने गरेको भनेपछि उद्धार गरिएको हो ।
अस्तापलमा पनि सबै सुविधा, उपकरण, लगायत नहुँदा जिल्ला बाहिर रिफर गरिएको हो । शरिरमा रगतको मात्र कम हुनुका साथै जिल्ला अस्पतालमा औषधि समेत नभएका कारण प्रदेश राजधानीको प्रादेशिक अस्पताल सुर्खेत रेफर गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख भारीतले बताउनुभयो ।
बुढालाई राष्ट्रिपति महिला उत्थान कार्यक्रमबाट रेफर गरिएको हो ।
गर्भवती र सुत्केरी व्यथा लागेका हुम्लाका महिलाको राष्ट्रिपति महिला उत्थान कार्यक्रम बरदान भएको छ ।हुम्लामा सुविधा सम्पन्न अस्पताल नहुनु, समयमै औषधि उपकरण, सम्बन्धित विराम सम्बन्धि विशेषज्ञ डाक्टर नहुँदा पनि सामान्य विरामका लागि जिल्ला बाहिर रेफर गर्दै आउनु परेको छ ।