सीप सिकेर आत्मनिर्भर बन्न सिकौं

Nepal Chek बिहिबार, जेठ ०९, २०८२

सिमकोट । सीप सिकौँ उद्यम गरौँ, आत्मनिर्भर हौँ रोजगारको श्रृजना गरौँ भन्ने नाराका साथै एक जिल्ला एक उत्पादसँग कार्यक्रम अन्तर्गर्त छाठी दिने रातो काम्लो बुनाई तालिम सम्पन्न भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले जिल्लाका सातवटै गाउँपालिकाका महिलालाई समेट्ने गरी उक्त तालिम दिइएपनि सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिकाका १२ जना महिलाको मात्रै उक्त तालिममा सहभागीता रहेको थियो ।

सिमकोट गाउँपालिका विजय भण्डारीको अध्यक्षतामा र जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माको प्रमुख आथित्यका साथै अदानचुली गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंहको विशेष आथित्य उक्त कार्यक्रम सम्पन्न भएको हो । बुधबार भएको समापन कार्यक्रममा नाम्खा गाउँपालिका उपाध्यक्ष तक्दिर लामा, प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेय, उद्योग बाणिज्य संघका अध्यक्ष राम बहादुर भण्डारी, नेपाल पत्रकार महासंघका उपाधयक्ष सुरेश परियार लगायत सञ्चारकर्मी, रातो काम्लो बुनाइका प्रशिक्षक, प्रशिक्षार्थी लगायतको उपस्थित रहेको सोही कार्यालयका निमित्त प्रमुख हिरा शर्माले बताउनुभयो । आजै भएको समापन कार्यक्रममा उद्यम सिप विकास कर्ता हिमा गिरिले शुभकामना मन्तव्य राख्नुभएको थियो । ६० दिने रातो काम्लो बुनाइको तालिमको प्रशिक्षक शर्जाङमु लामाले सिकाउनु भएको थियो । बुधबार भएको समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले सिप सिकेर मात्रै होइन् आफु रोजगार भएर अरुलाई रोजगारी श्रृजना गर्न सक्ने भएर आत्मनिर्भर हुनु पर्ने बताउनुभयो ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय यस्ता कार्यक्रम प्रत्येक वर्ष दिने र भइरहेका छन् । बुधबार सिप सिक्यो भोली विर्सिने बानी छ । तर यसको निरन्तरता र बजारीकरणमा ध्यान दिनु पर्ने अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले बताउनुभयो । कार्यक्रम, तालिम दिने मात्रै होइन् सिकेको सिपले निरन्तरता दिएको छ कि छैन् भने अनुगमन हुन समेत आवश्यक रहेको अध्यक्ष सिंहको भनाई थियो ।

विगतदेखि सिकर्मी, डकर्मी, सिलाई बुलाई लगायतका तालिम सबैले सिक्छन् तर यसले रोजगारी उत्पादन गर्न नसकेको जिल्ला समनवय समितिका प्रमुख शिवराज शर्माले बताउनुभयो । रातो काम्लोको तीन चार वटा प्रकारका बन्छन्, यो उनबाट बुन्ने हुँदा यसका वैज्ञानिक कारण समेत रहेको समन्वय समितिका प्रमुख शर्माले बताउनुभयो ।

सिमकोट गाउँपालिकाले रैथाने बाली रखिद गरेको जस्तै यहाँका लोपन्मुख उनबाट बन्ने विभिन्न तरिका यस्ता सामग्री खरिद गरेर बजारी गर्न सक्ने अध्यक्ष विजय भण्डारी प्रतिरोधले बताउनुभयो । यस्ता लोपन्मुख कपडा उत्पादन गरी गाउँपालिकालाई विक्री गरेमा बजारीकरणका लागि आफुले सक्दो सहयोग गर्ने सिमकोट गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]