सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ, एसइई दिने विद्यार्थी मर्कामा

Nepal Chek शनिबार, चैत्र ०३, २०८०

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक दिन ११ घण्टा बढी लोडसेडिङ हुँदा यही चैतमा हुने एसइईको तयारी गरिरहेका विद्यार्थी मर्कामा परेका छन् । एसइईको परीक्षा नजिकिदै आएपनि चर्काे लोडसेडिङ हुँदा विद्यार्थीले साँझको समयमा पढ्न नपाएको गुनासो गरेका छन् । एसइई दिने विद्यार्थीलाई मात्रै नभएर अन्य विद्यार्थीलाई समेत घरमा गृहकार्य तथा लेख पढ््न समस्या बनाएको गुनासो छ ।

चैत १५ गतेदेखि एसइईको परीक्षा हुने भएपनि रातीको १०, ११ बजेसम्म पढ्नका लागी बत्ती नहुँदा थप समस्या बनाएको एसइई दिने परिक्षार्थीले गुनासो गरेका छन् । हिउँदे ट्युसनको भरमा एसइईको तयारी गरिरहेका विद्यार्थी दैनिक ११ घण्टा लोडसेडिङ हुँदा निराश छन् । लोडसेडिङका कारण राम्रोसित पढ्न नपाएपछि एसइईमा नम्बर राम्रो नआउने भन्दै विद्यार्थी चिन्तित छन् । एसईई तयारी गरिरहेका विद्यार्थी प्रश्न गर्छन्, दैनिक ११ घण्टा लोडसेडिङ हुन्छ, पढ्नै नपाएपछि कसरी पास हुनु ? खार्पुनाथ गाउँपालिका–३ हुम्ला मावि रायाका विद्यार्थी रेल बहादुर बुढाको गुनासो छ । गाउँबाट सदरमुकाम आएर एसइईको तयारी गरिरहेको भएपनि विद्युत समस्या रातीको समयमा पढाइमा बाधा पुग्ने गरेको विद्यार्थीको भनाई । एसइईको परीक्षा आउन अब १२ दिन मात्रै बाँकी रहेको छ ।

यस्तै दैनिक ११ घण्टा लोडसेडिङले जिल्लाका सरकारी कार्यालयको प्रशासनिक काम तथा सदरमुकाम स्थित व्यापार–व्यवसाय प्रभावित बनाएको छ । दिनमा कुन समय कतिबेला र कति पटक लोडसेडिङ हुन्छ भन्ने समय तालिका नभएपनि सेवाग्राहीलाई थप समस्या बनाएको छ । विद्युत सेवा समयमै उपलब्ध नहुँदा सिमकोटमा दाउराको माग बढेको छ । एक भारी दाउराको सिमकोटमा एक हजार रूपैयाँ तिर्नुपर्ने अवस्था छ । लोडसेडिङले सदरमुकाम सिमकोट, खार्पुनाथ गाउँपालिकाका इलेक्ट्रोनिक पसलेहरूको सामान पनि बिक्न छोडेको छ ।

हिल्दुमा साना जलविद्युत् आयोजनाको मुहानमा पानीको स्रोत घाम नलागेपछि कम हुने घाम लागेपछि सरदमुकाममा त्यती लोडसेडिङको असर नहुने नेपाल विद्युत प्राधिकरणका निमित्त शुसिल थारुले बताउनुभयो । आजभोली पानीको वहाव बढ्दा पहिलाको भन्दा कम लोडसेडिङ हुने गरेको निमित्त प्रमुख थारुले बताउनुभयो । यो वर्ष नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको तालिका समेत नबनाएको उहाँको भनाई छ । तालिका बनाउँदा सेवाग्राहीमा असर पर्नुका साथै पानी घट बढ् हुँदा जतिबेला पनि विद्युत सेवा बन्द हुने भएकाले तालिका नबनाएको निमित्त प्रमुख थारुले बताउनुभयो ।

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]