नेपाली लेखक संघ हुम्लाद्धारा सिमकोटमा खुला कविता वाचन प्रतियोगिता

Nepal Chek मंगलबार, बैशाख १६, २०८२

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा तेस्रो राष्ट्रिय लेखक दिवसको अवसरमा खुला कविता वाचन कार्यक्रमको आयोजना गरी मनाइएको छ । नेपाली लेखक संघ हुम्लाद्धारा मंगलबार सिमकोट माथिल्लो बजारमा रहेको मानसरोवर होटलमा खुला कविता वाचन प्रतियोगीता आयोजना गरी मनाइएको हो । नेपाली लेखक संघ हुम्लाका अध्यक्ष मधु शाही बस्नेतको अध्यक्षतामा र जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माको प्रमुख आथित्यमा खुला कविता वाचन आयोजना भएको जानकारी प्राप्त भएको छ ।

जिल्ला अध्यक्ष शाही बस्नेतले लेखक, साहित्यकारहरुको कलममा अभूतपूर्व शक्ति रहने हुनाले आफ्नो लेखनीलाई राष्ट्र ,राष्ट्रियताको हितमा र विकृति विसङ्गतीका विरुद्धमा लगाउनु पर्ने बताउनुभयो । २००८ सालमा विश्वेश्वरप्रसाद प्रसाद काईराला ,लक्ष्मी प्रसाद देवकोटा ,गोविन्द वहनदुर मल्ल गोठाले, विजय मल्ल लगायतको अथक प्रयास बाट स्थापित यस संस्था लाई शसक्त ढङ्गबाट अगाडी वनाउनु पर्नेमा जोड दिनुभयो ।
भनिन्छ, “तरवार भन्दा कलम बलियो हुन्छ” त्यही कलमको शक्तिले विश्वमा ठूल्ठूला परिवर्तनहरु भएका छन् ।

नेपालमा पनि जहाँनिया राणा शासन तथा निरंकुश राजतन्त्र फाल्न लेखकहरुको ठूलो भूमिका रहेको छ । लेखकले लेखेको लेखनबाटै जनताहरु सुसूचित हुने, जागरूक हुने र आफ्नो अधिकारको लागि, आफ्नो अभिव्यक्ति स्वतन्त्रताको लागि आवाजहरु उठाउने गरेको पाइन्छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]