दशैं मनाउन गाउँघर गएकाहरु फर्किन थाले सिमकोट

Nepal Chek शुक्रबार, कार्तिक १०, २०८०

सिमकोट । नेपालीहरुको महान चाड दशैं मनाउन गाउँघर गएका सर्वसाधरण धमाधम हुम्लाको सदरमुकाम सिमकोट फर्किन थालेका छन् ।

विभिन्न पेशा, व्यवसाय र अध्ययनका लागि आफ्नो जन्मस्थान छाडेर सदरमुकाम पसेकाहरु दशैं मनाउन घर जाने गर्दछन् । यस वर्षको दशैं मनाउन कर्मथलो छाडेर आफ्नो जन्मघर तथा आफन्तकहाँ गएकाहरु दशै मनाएर कर्मथलोमा फर्कन थालेका हुन् ।

लाग्ना, थलाहाल्न,बुराउसेलगायत नाकामा दशैँ मनाएर सिमकोट फर्कनेको भिडभाड दखिन्छ । दशैँ मनाउन गाउँघर गएका यहाँका व्यवसायी सिमकोट पुगेसँगै बजारका पसलहरु समेत खुल्ला हुँदै आएका छन् । हुम्लाको सातवटा गाउँपालिका र ४४ वटा वडा रहेका छन् । दैनिक दिन दक्षिण भेगमा रहेका गाउँपालिकामा दशैँ मनाउन गएका स्थानीय पनि सिमकोट फिर्ता हुन थालेका छन् ।

खार्पुनाथ, ताँजकोट,चंखेली र अदानचुली गाउँपालिकामा दशैँ मनाउन गएकाहरु सदरमुकाम सिमकोट फिर्ता हुन थालेका छन् । यस्तै उत्तरी क्षेत्रका नागरीक पनि सरदुकाम आउन थालेका छन् । भने सिमकोटमा नागरीकहरुको चहलपहल बाक्लीदै आएको छ ।

विजयादशमीको टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दसैँको टीका लगाउने चलन छ । आफन्त तथा मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिनेक्रम जारी रहेको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]