सिमकोट । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिकाको कर्णाली नदी पार गर्ने तुइन तर्ने क्रममा तुइन चुडिदा एक जना बेपत्ता भएका छन् । सर्केगाड गाउँपालिका –२ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा तुईन तान्ने डोरी चुँडिदा ३८ वर्षीय मक्कर सिंह नेपाली कर्णाली नदिमा खसि बेपत्ता भएका हुन् ।
चुइन चुडिदा कर्णाली नदीमा बेपत्ता हुने मुगु जिल्ला सोरु गाउँपालिका–५ नेर गाउँका भएको कर्णाली करिडोर सडक निर्माण कार्यदल सुनखाडालाई उद्र्धित गर्दै बराहदल गुल्म रानीबन ब्यारेक सिमकोटका गुल्मपती सेनानी दिनेश खड्काले बताउनुभयो ।
कर्णाली करिडोरको ग्युसी छारे खण्डको छारे भिरमा सडक निर्माणको काम गर्न मुगुबाट आएका नेपाली काम सकेर बासस्थान तिर जाने क्रममा शनिबार साँझ ६ बजे ल्याप्चेमा रहेको (खडीखेत) घाटमा तुईनबाट खसेर कर्णाली नदीमा बेपत्ता भएको सेनानी खड्काले बताउनुभयो ।
कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने लालीबगर डुल्ली कुनको छारे क्षेत्रमा विभिन्न १८ वटा निर्माण समूहले काम गर्दै आएका थिए ।