हुम्लामा हरितालिका (तीज) पर्व महादेवको पूजा आराधना गरी धुमधामका साथ मनाइयो ।

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व मंगलबार महादेवको पूजा आराधना गरी धुमधामका साथ मनाइएको छ ।

नेपालचेक समाचारदाता मंगलबार, भाद्र १४, २०७९

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व मंगलबार महादेवको पूजा आराधना गरी धुमधामका साथ मनाइएको छ ।

मुलुकका अधिकांश शिव मन्दिरहरूमा हिन्दु महिलाहरु पूजाआजा र नाचगानमा सरिक भएका छन् ।

 


हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा रहेको शिवमन्दिरमा बिहानैदेखि महिलाहरूको भीड लागेको छ । गएका वर्षहरुमा कोरोना महामारीका कारण ढुक्कले तीज मनाउन नपाएका व्रतालुहरू यसपालि खुलेरै तीजमा रमाउन पाउँदा खुसी देखिएका छन् ।

यसपटक सदरमुकाम सिमकोटको शिवमन्दिर क्षेत्रमा सिमकोट गाउँपालिका वडा नम्वर ५ र गाउँपालिकाको समन्वयमा विभिन्न धार्मिक स्थलहरुको व्यवस्थापन गरेको देख्दा व्रतालुहरूले खुसि व्यक्त गरेका छन् ।

 


गत तीन वर्षदेखि यता कोभिड १९ का कारण हुम्लाका नागकिरहरुलाई संकट परेको भए पनि यो वर्ष भने हुम्ला विभिन्न गाउँपालिकाका हजारौँ ब्रतालुहरुले शिव मन्दिरमा गएर एक आपसमा पुजा आरधाना गरि भव्यताकासात मनाएका हुन् ।

पुजाआराधनापछि सदरमुकाम सिमकोटका महिलाहरुको भिभिन्न ठाउँमा गुरुप गुरुप गरेर नाज गान गर्नुका साथै तिजलाई भव्य रुपमा मनाएर सम्पन्न गरिएको बताइएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा