आयोजकको ध्यान गएन्, हुम्ला ऐकेडेमीद्धारा खेलमैदान सरसफाई

नेपालचेक समाचारदाता आइतबार, आषाढ २६, २०७९

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोट तल्लो बजारमा रहेको खेलमैदानमा हुम्ला ऐकेडेमीले सरसफाई गरेको छ ।

पाँच दिनसम्म जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता सञ्चालन भएर फोहोर भएको खेलमैदानलाई आइतबार विहान सरसफाई गरिएको हो । उक्त खेलमैदान सरसफाईमा आयोजक टिम लगायत अन्यको समेत ध्यान नजादा हुम्ला ऐकेडेमीले सरसफाई गरेको हो ।

ऐकेडेमीका अध्यक्ष विष्णु रावतको नेतृत्वमा उक्त खेलमैदानमा प्रशिक्षण गर्दै आएका बालबालिकाले सरसफाई गरेको जानकारी प्राप्त भएको छ । रावतले खेलमैदान सरसफाई गर्नु आफ्नो कर्तव्य,दाइत्व रहेको बताए । उनले भने केवल अरुको मुख ताक्ने हाम्रो बानी, खेलमैदान हामी सबैको हो । यसको सुरक्षा सरसफाई हाम्रो बर्तव्य हो ।

खेलमैदानमा फ्रुटी,चाउचाउ, चुरोट,सुर्ति लगायत अन्य फोहोर रहेको थियो भने त्यो सबै सरसफाई गरिएको हो ।

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]