हुम्लामा एघारौं पटक हिमपात

नेपालचेक समाचारदाता बुधबार, माघ २६, २०७८

सिमकोट । हुम्लामा एघारौं पटक हिमपात भएको छ । हिमपातले यहाँको जनजीवन निकै कष्टकर बनेको छ । विहानबाट मौसम बनेको मौसमले दिउँसोबाट हिमपात हुन थालेको हो । न्यून चापीय प्रणाली प्रवेश गरेकाले यस अघि विहिबार र शुक्रबार हुम्लामा यसवर्ष भारी हिमपात भएको थियो । बिहानैबाट मौसम बिग्रीएको भए पनि दिउँसोबाट हिमपात सुरु हुँदा चिसो अत्याधिक बढेको हो ।

यो हिमपात यस वर्षको एघारौंं पटक भएपनि चिसो निकै बढेको बढेको छ । चिसो बढेको हुँदा हिउँ जमिनमा जम्न सुरु भएको छ । हुम्लाको तापक्रम आज दिनभर दिउँसो माईनस नौ डिग्री सेल्सियसमा पुग्नुका साथै पटक पटकको हिमपातले जनजीवन प्रभावित भएको बताउनुभयो । चार दिन अगाडि परेको हिउँ नसकिदैन पुनः हिमपात सुरु भएपछि उत्तरी हुम्ला सेताम्मे देखिएको छ ।

दुई दिन घाम लाग्दा न्यानो महशुस भए पनि स्थानीयलाई पछिल्लो हिमपातले चिसो महशुस भएको छ । हिमपात सुरु भएपछि वनमा चराउन लगिएका पशुबस्तु गोठालाले घर ल्याउन थाल्नुभएको छ । जिल्ला प्रशासन कार्यालयले चिसोले बिहान केही सेवाग्राही आएको भएपनि दिउँसोबाट आउन छोडेको जनाएको छ । प्रशासनले माथिल्लो हुम्लामा २३ भन्दा बढी बस्तीमा हिमपात सुरु भएको र अग्ला स्थानमा बाक्लो हिउँ जम्न थालेको स्थानीयको भनाई छ ।

हिमपातले चिसो बढेका कारण अघिल्लो हिमपातबाट सञ्चार सम्पर्कबिहीन भएको लिमी हालसम्म सम्पर्कविहिन अवस्थामै छ । चिसोले पानीको स्रोत नपुगेको जनाउदै हिल्दु साना जलबिद्युत आयोजनाले बिहानैबाट लोडसेडिङ बढाउँदा सेवाग्राही मर्कामा पर्नुभएको छ । खराव मौमस भएपनि बिहान हवाई सेवा सुचारु भएको थियो । तर फेरि भएको हिमपातपछि सो सेवा पनि अवरुद्ध बनेको छ । यसवर्ष पहिलो हिमपात मंङ्सिर महिनामा भएको थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]