नेपाली सेनाद्वारा खुलालु–सलीसल्ला सडक हस्तान्तरण

नेपाली सेनाले निर्माण कार्य गर्दै आएको कर्णाली करिडोरको खुलालु, लैफु सलीसल्ला खण्डको सडक हस्तान्तरण गरेको छ । सेनाले सडकको निर्माण कार्य सम्पन्न भएपछि सडक विभाग अन्तर्गतको हिल्सा सिमकोट सडक आयोजनालाई विहिबार हस्तान्तरण गरेको हो । नेपाली सेनाको कर्णाली करिडोर सडक निर्माण कार्यदलका प्रमुख मिलन कार्कीले सम्पन्न सडकलाई हिल्सा सिमकोट सडक आयोजनालाई हस्तान्तरण गरिएको बताए । […]

अदानचुली अध्यक्ष फडेराद्धारा ‘हिरा बोहरा बचाउ’ अभियानमा एक लाख सहयोग

सिमकोट । हृदयघात भएर उपचारमा आर्थिक समस्या भएका हिरा बोहराको उपचारमा अदानचुली गाउँपालिका अध्यक्ष दल फडेराले एक लाख आर्थिक सहयोग गरेका छन् । बोहरोको उपचारमा चरम आर्थिक समस्या भएपछि सहयोग जुटाउन शुरु गरिएको ‘हिरा बोहरा बचाउ अभियान’ मार्फत अध्यक्ष फडेराले एक लाख आर्थिक सहयोग गरेका हुन् । अध्यक्ष फडेराले अभियानमार्फत बोहराकी श्रीमती सम्झना रोकायाको राष्ट्रिय […]

हुम्लामा मानव अधिकार उलंघनका घटना न्यून

हुम्ला जिल्लामा अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले अभिलेखीकरण गरेको प्रतिवेदन रिर्पोटमा गत वर्षको तुलनमा यो वर्ष मानव अधिकार उलंघन तथा ज्यादतिका घटनाहरु न्युन भएको पाइएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रमका क्रममा गत वर्ष भन्दा यो वर्ष मानव अधिकार उलंघनका […]

हुम्लामै पहिलो पटक गोठालाको कथामा आधारित म्युजिक भिडियो निर्माण (तस्विर)

सिमकोट । दुर्गम हिमाली जिल्ला हुम्लामा यहाँका युवाहरुले पूर्खालाई सम्झिँदै गोठालाको कथामा आधारित म्युजिक भिडियो निर्माण गरेका छन् । पछिल्लो समय मध्यपश्चिम तथा सुदूरपश्चिमको देउडा ठाडी भाका गीत लोप हुँदै गएपछि हुम्लाका युवाहरू मिलेर हुम्लामै देउडा गीतको म्युजिक भिडियो छायाङ्कन गरेका हुन् । देउडा संस्कृतिलाई माया गर्ने स्रष्टाहरूलाई बजारीकरणमा टिक्न र बिक्न समस्या भएपछि लोप हुन […]

दश घरधुरी पहिरोको जोखिममा

सिमकोट ।  हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर दुई थालीको झोबन्ना र भात्खानका गरी दश घरधुरी पहिरो खस्ने डरको उच्च जोखिममा रहेका छन् । दुई दिनको लगातारको वर्षाले झोबन्नाका ६ वटा र भात्खानका चारवटा वस्ति उच्च जोखिममा रहेको स्थानीय हरि बहादुर रावलले बताउनुभयो । मङ्सिर देखि चैतसम्म बसोबास हुने यस क्षेत्रमा गाउँको माथि पट्टिबाट पहिरोको लेदो […]

एसईईको नतिजा साउन अन्तिममा आउने

काठमाडौँ, असार २९ गते । कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को अन्तिम नतिजा आउन साउन मसान्तसम्म लाग्ने भएको छ । जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइले हालसम्म विद्यार्थीको विवरण अद्यावधिक गर्न नसकेको तथा विभिन्न जिल्लामा आएको बाढीपहिरोका कारण पनि नतिजा प्रकाशन केही दिन पर सर्ने भएको हो । बोर्डका एसईई हेर्ने परीक्षा नियन्त्रक रुद्र […]

आदिकवि भानुभक्तको २०८ औं जन्मजयन्ती मनाइँदै

काठमाण्डाै – नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्ती आज मनाइँदै छ । सरल नेपाली भाषामा लेखिएको ‘रामायण’ का कारण भानुभक्तको नेपाली साहित्यमा योगदान छ । अहिले पनि घर–घरमा रामायण पढ्ने गरिन्छ। विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तलाई घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ति उपदेश दिएकाले रामायणलाई नेपालीमा रचना […]

‘छाउपडी नबारेर के गर्नू ? देउता रिसाउँछन्’

दैलेख । चार वर्षअघि छाउपडी प्रथा मुक्त भएको आठबीस नगरपालिकाका महिलाहरूले अहिले पनि छाउपडी बार्ने गरेका छन् । ती महिलालाई लाग्छ ‘महिनावारी हुँदा घरभन्दा बाहिर बस्नैपर्छ नत्र देवीदेउता रिसाउँछन्, ज्यानमा बिसञ्चो हुन्छ ।’ अन्धविश्वास र जनचेतनाका कमीकै कारण गएको पुसको पहिलो साता कठ्यांग्रिने जाडोमा पनि प्लास्टिक ओढेर ढोको र परालको सहारामा घरबाहिरै रात कटाउन बाध्य […]

लोलुङजोङको हवाई अनुगमनमा मुख्यमन्त्री शाहीको टोली

सिमकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेपाल–चीनको सिमानाको हवाई अनुगमनका लागि नाम्खा गाउँपालिका–५ को लोलुङजोङ पुगेका छन् । सत्ता साझेदार दल नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाही सहित शुक्रबार हुम्ला ओर्लिएका मुख्यमन्त्री शाहीको टोली शनिबार सिमानाको स्थलगत अनुगमनका लागि हेलिकोप्टरमा लोलुङजोङ गएका हुन् । कैलास एयरको 9MT कलसाइनको हेलिकोप्टरमार्फत शनिबार बिहान १० बजेर […]

नागरीकको लापारबाही: कोरोनाको उच्च जोखिममा सिमकोट

हुम्लामा निषेधाज्ञा खुकुलो बनाएसँगै सदरमुकाम सिमकोटमा संक्रमणको जोखिम बढ्नुका साथै कोरोना संक्रमितको संख्या दैनिक दिन बढ्न थालेको छ । गएको असार दोस्रो साता देखि हुम्लामा दैनिक दिन कोरोना संक्रमित पुष्टि हुने गरेका छन् भने संक्रमितको संख्या बढ्दै गएको छ । विहिबार जिल्ला अस्पताल हुम्लामा पाँच जनालाई एन्टिजेन विधिबाट परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]