प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी

प्रधानमन्त्री शेरबहादुर देउवाले आज नै विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभालाई पुनःस्थापना गरेपछि पहिलो बैठक आज अपरान्ह ४ बजे बस्दैछ । संसद सचिवालय स्रोतका अनुसार आजको बैठक दुई चरणमा बस्नेछ । पहिलो चरणको कार्यसूची सम्पन्न भएपछि दोस्रो चरणमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने गरी तयारी गरिएको छ ।

जनकपुर–जयनगर रेलको ट्रयाकको गति परीक्षण गरिने

धनुषा । आज जनकपुर–जयनगर रेलको ट्रयाकको गति परीक्षण गरिने भएको छ ।  बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको आज रेल्वे ट्रयाकको गति परीक्षण गरिने भएको छ । रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्रयाकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । उनका अनुसार रेल्वे लिकको ‘स्पिड’ र ‘सर्टिफिकेसन’ गर्ने काम […]

हिल्सा प्रवेश गेट उद्घाटन चौथो पटक रोकियो : हुम्ला नजान मुख्यमन्त्रीको निर्देशन

चीनसँग सिमा जोडिएको जिल्लाको उत्तरी हिल्साको प्रवेश गेट चौथो पटक उद्घाटन कार्यक्रम स्थगीत भएको छ । हिल्सामा प्रवेश गेटको निर्माण कार्य सम्पन्न भएर दुई जना मन्त्री उद्घाटनका लागी हुम्ला आउने कार्यक्रम तय गरीएको भएपनि मुख्यमन्त्रीको निर्देशनमा हुम्ला आउने कार्यक्रम स्थगीत भएको जानकारी प्राप्त भएको छ । प्रवेशद्धाराको उद्घाटन गर्नका लागी कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन […]

विपतमा परेका ४ घरधुरीलाई रेडक्रस हुम्लाद्धारा सामाग्री सहयोग

नेपाल रेडक्रस सोशाइटी हुम्लाद्धारा अविरल वर्षाका कारण विपदमा परेका घरपरवारीवारलाई सामाग्री सहयोग गरेको छ । जिल्लाका सर्केगाड गाउँपालिका वडा ३ का सुर्य फडेरा, सोही गाउँपालिका वडा १ का सेते बुढा, वडा ७ का कमल कामी र सिमकोट गाउँपालिका वडा ५ का जिक्मेत लामालाई लत्ता कपडा, भाडाकुडा लगायतका सामग्रि सहयोग गरिएको रेडक्रस सोसाईटि हुम्ला शाखाका गोकुल […]

निर्धारित मितिमै कांग्रेसको १४औं महाधिवेशन

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकले निर्धारित मितिमा नै पार्टीको १४औं महाधिवेशन गर्ने निर्णय गरेको छ । केन्द्रीय महाधिवेशन १६ देखि १९ भदौसम्म काठमाडौंमा गर्ने निर्णय यसअघि नै भइसकेको छ । महाधिवेशन निर्धारित समयमा हुने नहुने आशंका भइरहँदा पदाधिकारी बैठकले निर्धारित समयमा नै गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको कांग्रेस […]

हिल्साको प्रवेश गेट उद्घाटन गर्न प्रदेशका तीनमन्त्री हुम्ला आउँदै

चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी हिल्सा नाकामा पहिचान झल्किने गरी निर्माँण सम्पन्न भएको सीमा प्रवेश गेट शनिवार उद्घाटन हुने भएको छ । सिमा प्रवेश गेट उद्घाटनका लागी कर्णाली प्रदेशका तीन जना मन्त्री शनिवार हुम्ला आउने भएका छन् । कर्णाली प्रदेश पर्यटन मन्त्रालयको आर्थिक सहयोग र डिभिजन वन कार्यालय हुम्लाको प्राविधिक सहयोगमा हिल्लामा निर्माण सम्पन्न भए […]

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली । प्रदेश सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा प्रदेशका सबै जिल्लामा लागू हुने गरी बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता तुल खड्काले आज प्रदेशका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरुमा सार्वजनिक बिदा लागू […]

एमालेमा नमिल्नेकै जोडबल

काठमाडौं । माधवकुमार नेपालको अरुचीका बीच असार २७ गते राति एमाले वार्ता टोलीले गरेको १० बुँदे सम्झौता जस्ताको त्यस्तै स्वीकार नगर्न नेपालमाथि दबाब बढेको छ । वार्ता टोलीमा माधव नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने नेताहरुले आफ्नै नेतालाई घात गरेको भन्दै नेपालको ‘कोर टीम’ले त्यसलाई स्वीकार गर्न नसकिने बताइसकेको छ । सम्झौता लगत्तै राजेन्द्र राईले ओली गुटमा […]

विकास कि विडम्बना ? ह्वात्तै बढ्यो असारे विकास खर्च

काठमाडौं । सरकारका विभिन्न निकायले चालू आर्थिक वर्षको अन्तिममा एकैदिन २९ अर्बभन्दा बढी बजेट खर्च गरेका छन् । असारे विकासका नाममा ती निकायले मनलाग्दी खर्च गरेका हुन् । नेपालमा प्रत्येक वर्ष असारे विकासको नाममा बालुवामा पानी खनाए सरि बजेट खन्याउँदा भ्रष्टाचार बढ्ने गरेको प्रशासकहरूको ठम्याइ छ । चालू आर्थिक वर्षको आर्थिक कारोबार हुने अन्तिम दिन […]

आज साउने सङ्क्रान्ति : देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदै

काठमाण्डाै – सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाउने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भइ रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]