आइतबार राती आएको वर्षाले चंखेलीको भट्टेवाडामा ठूलो क्षति

सिमकोट । आइतबार राती आएको वर्षाको कारण हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिका –२ भट्टेवाडामा बाढीले ठूलो क्षति पुर्याएको छ । आइतबार आएको बाढीले यस क्षेत्रका घर, शौचालय, खानेपानी पाइप, खेतबारी लगायतमा ठूलो क्षति गरेको जनाइएको छ । बाढीले भौतिक क्षति गरेपनि मानवीय क्षति भने नभएको जानकारी प्राप्त भएको छ । निवर्तमान वडाध्यक्ष हरिहर उपाध्यायका […]

सिमकोट गाउँपालिकाद्धारा नीति तथा कार्यक्रमको लागि सुझाव संकलन

सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रमको लागि सुझाव संकलन गरेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आगामी असार १० गतेभित्र गाउँसभामा पेस गरिसक्नुपर्ने भएकाले बुधबार विभिन्न सरोकारवाला निकाय, राजनितिक दल, नागरीक समाज, स्थानीय र सञ्चारकर्मीहरुको सुझाव संकलन गरेको सिमकोट गाउँपालिका प्रमुख प्रशासकीय […]

स्थानीय रैथाने उत्पादनलाई प्रसारप्रचार गर्न दुई दिन औद्योगिक प्रदर्शनी मेला

सिमकोट । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय हुम्लाले सदरमुकाम सिमकोटमा दुई दिन औद्योगीक प्रदर्शन मेला सञ्चालन गर्ने भएको छ । असार एघार र बाह्र गते दुई दिन स्थानीय उत्पादनको बजारीकरण तथा प्रसारप्रचार गर्ने उद्देश्यले औद्योगिक मेलाको आयोजना गर्न लागिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख प्रदिप रेग्मीले बताउनुभयो । जिल्लाको स्थानीय रैथान उत्पादनलाई […]

तीन महिनामा चालू बढ्यो, पूँजिगत खुम्चियो

सिमकोट । कर्णाली प्रदेश सरकारअन्तर्गत हुम्लामा रहेका सरकारी कार्यालयको फागुन मसान्तसम्म पुँजीगत खर्च १४ प्रतिशत र चालुतर्फ भने २० प्रतिशत खर्च भएको थियो । चैत, बैशाख र जेठ गरी तीन महिनामा प्रदेश मातहतमा रहेका कार्यालयले असारे विकासलाई प्रथामिकता दिएका छन् खर्चको चटाराले छोएको छ । प्रदेश मातहत कार्यालयका पुँजिगत खर्च खुम्चिएको छ । भने चालू […]

यूनाइटेड अजोड इन्स्योरेन्स हुम्लाद्धारा पहिलो पटक किसानलाई दाबी भुक्तानी

सिमकोट । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड उपाशाखा हुम्लाले पहिलो पटक यहाँका तीन जना पशुपालक किसानलाई दाबी भुक्तानी गरेको छ । लिमिटेड उपशाखा हुम्लाले बिहिबार सिमकोट गाउँपालिका वडा नम्बर एकका वडाध्यक्ष गोर्ख लामा र वडा नम्बर तीनका वडाध्यक्ष पामा लामाबाट मृतक गाइगोरु पशुपालक तीन जना किसानलाई चेक हस्तान्तरण गरिएको हो । यूनाइटेड अजोड इन्स्योरेन्सले सिमकोट गाउँपालिका–१ […]

चट्याङ लाग्दा मानधारा माविको सोलार ब्याट्रीमा क्षति

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ खर्पेलगाउँमा रहेको मानधारा माध्यामिक विद्यालयमा सोमबार दिउँसो चट्याङ लाग्दा सोलार ब्याट्रीमा क्षति गरेको छ । सोमबार दिउँसो १ बजेर १५ मिनेटमा चट्याङ लाग्दा क्षति गरेको मानधारा माध्यामिक विद्यालयका प्रधानध्यापक दिल बहादुर शाहीले बताउनुभयो । विद्यालयमा जडान गरिएको सबै सोलारमा चट्याङले क्षति पुर्याएको विद्यालयका प्रधानध्यापक शाहीले बताउनुभयो । विद्युतको पोलबाट सोलारको […]

जिल्ला अस्पातल हुम्लामा औषधी अभाव, विरामीको चाप बढ्यो

सिमकोट । एक मात्र रहेको जिल्ला अस्पताल हुम्लामा औषधि अभाव हुँदा उपचार गर्न आउने विरामी मर्कामा परेका छन् । मौसमी विरामीको संख्या बढ्दै गएपनि हुम्लाको जिल्ला अस्पतालमा औषधीको अभाव छ । १५ शैयाको जिल्ला अस्पतालमा वैशाख महिना यतादेखि औषधी अभाव हुँदा उपचार गर्न आउने विरामीहरु मर्कामा परेका हुन । डाक्टरले लेखेको औषधी निजी मेडिकलमा किनेर […]

हुम्लामा सस्तीयो खाना पकाउने ग्यासको मूल्य

सिमकोट । हुम्लाको खाना पकाउने ग्यासको मूल्य घटेको छ । एक वर्षअघि रु ६ हजार सात सयमा विक्री हुँदै आएको ग्यासको मुल्य ह्वात्तै घटेको हो । नेपालगञ्ज सुर्खेतबाट यातायातका साधन हुम्लामा पुगेसँगै ग्यास व्यापारी बढेका कारण प्रतिस्पर्धात्मक बजार भएकाले मूल्य घटेको दार्मेली जनरल स्टोरका प्रोपाइटर लक्षमण ऐडीले बताउनुभयो । ऐडीका अनुसार यसअघि नयाँ एउटा सिलिन्डर […]

मानसरोवर माध्यामिक विद्यालय परिसरमै च्याउ बनाउन प्रयोगात्मक अभ्यास

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको मानसरोवर माध्यामिक विद्यालयले विद्यालय परिसरमै विद्यार्थीका लागि च्याउ बनाउन प्रयोगात्मक अभ्यास गराउँदै आएको छ । मानसरोवर माध्यामिक विद्यालयमा कृषि प्राविधिक धारअन्तर्गतका कक्षा नौ र दशका विद्यार्थीलाई च्याउ बनाउन प्रयोगात्मक अभ्यास गराइदै आएको सोही विद्यालयका सहायक कृषि प्रशिक्षक चीन बोहराले बताउनुभयो । नौ र दशमा अध्ययनरत विद्यार्थीले च्याउ उत्पादन गरी […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]