तीन महिनामा चालू बढ्यो, पूँजिगत खुम्चियो

Nepal Chek सोमबार, आषाढ ०४, २०८१

सिमकोट । कर्णाली प्रदेश सरकारअन्तर्गत हुम्लामा रहेका सरकारी कार्यालयको फागुन मसान्तसम्म पुँजीगत खर्च १४ प्रतिशत र चालुतर्फ भने २० प्रतिशत खर्च भएको थियो । चैत, बैशाख र जेठ गरी तीन महिनामा प्रदेश मातहतमा रहेका कार्यालयले असारे विकासलाई प्रथामिकता दिएका छन् खर्चको चटाराले छोएको छ । प्रदेश मातहत कार्यालयका पुँजिगत खर्च खुम्चिएको छ । भने चालू तर्फको बजेट खर्च ह्वात्तै बढेको छ ।

बजेट खर्चमा हिउँदमा सुस्ताएका कार्यालयले आर्थिक वर्ष अन्तिम महिनामा खर्च बढाएर हतारोले छाएको छ । प्रदेश सरकारअन्तर्गत हुम्लामा रहेका सरकारी कार्यालयले पुँजिगत २८ प्रतिशत चालू तर्फ ६८ प्रतिशत खर्च बढाएका छन् । चालू तर्फको बजेट खर्च तीनमा ह्वात्तै बढेको छ । पुँजिगत खर्च खुम्चिएको छ ।

जस अन्तर्गत उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले २१ प्रतिशत, डिभिजन वन कार्यालयले ४, खानेपानि सिचाई तथा उर्जा विकास कार्यालयले ३१ कृषि विकास कार्यालयले ७६, पशु अस्पताल तथा पशु सेवा कार्यालय ९९ प्रतिशत, सामाजिक विकास कार्यालय ४१ प््रतिशत, स्वास्थ्य सेवा कार्यालय ९४ प्रतिशत र पूर्वधार विकास कार्यालय २८ प्रतिशत खर्च गरेको प्रदेश लेखा इकाइ कार्यालय हुम्लाका प्रमुख रामदत्त पाण्डेले बताउनुभयो । आर्थिक वर्षको जेठ मसान्तसम्म पशु अस्पताल र स्वास्थ्य कार्यालयले सबैभन्दा बढी बजेट खर्च गरेका छन् ।

यस्तै वनले अहिलेसम्म ४ प्रतिशत मात्रै खर्च गरेको छ । यस्तै उनिहरुले पुँजिगत खर्च खुम्चाएका छन् । विकासे बढी बजेट भएका कार्यालयले खर्च रकममा खुम्चिएका छन् । पुँजिगत तर्फको एक अर्ब, १७ करोड, २९ लाख, ६६ हजार बजेटमा ३३ करोड, ८६ लाख, तीस हजार मात्रै खर्च भएको प्रदेश लेखा इकाई प्रमुख पाण्डेले बताउनुभयो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]