जनतालाई विद्युत उपभोग सहज गराउन माओवादी केन्द्रले थाल्यो जनश्रमदानको अभियान

सिमकोट । नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्र हुम्लाले आम नागरीकलाई विद्युत उपभोग गराई उज्यालो दिनका लागि जनश्रमदान अभियान सञ्चालन गरेको छ । जिल्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाका नागरीकले समयमै विद्युत उपभोग गर्न पाउनुका साथै उज्यालोमा दैनिकी चलाउन सहज होस भन्ने हेतुका साथ नेकपा माओवादी केन्द्रले जनश्रमदानको अभियान चलाएको हो । दक्षिणी भेगको ताँजाकोट […]

भित्तगौँडाको चट्टानी भाग छिचोल्ने कार्य सुरु

सिमकोट । पूर्वधार विकास कार्यालय हुम्लाले खार्पुनाथ–च्वाखोला–टापुलेख जोड्ने सडकअन्तर्गत भित्तगौँडाको कडा चट्टानी भाग छिचोल्ने कामले तीव्रता दिएको छ । २०७६ साल असोजमा सम्झौता भएको यस सडकको चट्टानी भाग छिचोल्ने कामले दुई वर्ष बितेपछि तीव्रता पाएको हो । लामो समयदेखि विस्फोटक पदार्थको अभावले भित्तगौँडाको काम रोकिएको पूर्वाधार विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख देवी ऐडीले जानकारी दिए […]

अदानचुलीमा इन्टरनेट सेवा अवरुद्ध, सेवाग्राहीलाई सास्ति

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा झण्डै एक महिना देखि इन्टरनेट सेवा अवरुद्ध हुँदा यहाँका सेवाग्राहीले सास्ती खेप्नु परेको छ । छिमेकी जिल्ला मुगुको सोरु गाउँपालिकाको सोरुकोटमा रहेको वर्ल्डलिङ्कको टावरमा खराबी आउँदा अदानचुलीमा २१ दिन देखि इन्टरनेट सेवाले काम गर्न छोडेको हो । उक्त इन्टरनेट सेवाले फाटफुट मात्रै काम गरिरहेको बताइएको छ । […]

शुक्रबार दिनभर सिमकोटमा विद्युत अवरुद्ध

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोट दिनभर विद्युत सेवा अवरुद्ध भएको छ । शुक्रबार विहान ९ बजेबाट विद्युत सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । पानीको पावर बढी हुँदा हेल्दुम साना जलविद्युत आयोजनामा रहेको पावरमा रहेको पेनस्टिक पाइपको नजिकको वासरले काम नगर्दा दिनभर सिमकोट बजार अन्धकारमय बनेको हो । विहान देखि अवरुद्ध भएको विद्युत सेवा […]

घरबहाल कर उठाउँदै सिमकोट गाउँपालिका

सिमकोट । सातवटा स्थानीय तह रहेको हुम्लामा सिमकोट गाउँपालिकाले घरबहाल कर उठाउन सुरु गरेको छ । केही दिन अगाडी देखि सार्वजनिक सूचना जारी गर्दै घरबहाल कर उठाउन सुरु गरिएको हो । सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकाले आलू आर्थिक वर्ष घरबहाल करबाट रु २० लाख रुपियाँ सङ्कलन गर्ने लक्ष राखेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत उजिर […]

हुम्लाको बढी जनसङ्खया सिमकोट, दश वर्षमा जिल्लाभर साढे ४ हजार मात्रै वृद्धि

सिमकोट । राष्ट्रिय जनगणना २०७८ अनुसार हुम्लाको ७ वटा गाउँपालिका मध्ये जिल्लाको सबैभन्दा बढी जनसङ्ख्या रहेको सिमकोट गाउँपालिका भएको द्धछ । सिमकोट गाउँपालिकाको जनसङ्ख्या १२ हजार १ सय ३० भएको छ । त्यसपछि सर्केगाड गाउँपालिकाको जनसङ्ख्या ११ हजार ४० रहेको छ । सबैभन्दा कम जनसङ्ख्या जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको रहेको छ । राष्ट्रिय जनगणना २०७८ […]

दैनिक १८ घण्टा विद्युत् भार कटौती

सिमकोट ।  हुम्लाको दुईवटा गाउँपालिकालाई सेवा दिँदै आएको हेल्दुम साना जलविद्युत् आयाजनाले दैनिक १८ घण्टाभन्दा बढी विद्युत् भार कटौती गर्दै आएको छ । लामो समयसम्म विद्युत् भार कटौतीको मारमा पर्दै आएका यहाँका नागरिकलाई विद्युत् नियमित नहुँदा दैनिक जीवन यापनमा समस्या झेल्नुपरेको छ । पाँचसय किलोवाट क्षमताको उक्त आयोजनाले हिउँदका समयमा पानीको अभाव देखाउदैँ सिमकोटमा लामो […]

हुम्लामा हिमपात, चिसोले जनजीवन कष्टकर

सिमकोट । हिमाली जिल्ला हुम्लामा आइतबार साँझ देखि निरन्तर हिमपात भई रहेको छ । हिमपातले यहाँको जनजीवन थप बष्टकर बनेको छ । सदरमुकाम सिमकोटमा झण्डै एक फिटसम्म हिउँ जमेको छ भने उत्तरी क्षेत्रमा दुई देखि तीन फिटसम्म हिमपात भएको छ । हिमपातले हुम्ला सेताम्य देखिएको छ । अहिले पनि हुम्लामा हिमपात निरन्त जारी रहेको छ […]

हिमपातले हवाई उडान प्रभावित

सिमकोट । उच्च हिमाली हुम्लाको अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा प्रतिकूल मौसमका कारण हवाई उडान अवरुद्ध भएकोे छ । बिहिबार विहान देखि जिल्लामा हिमपात भएपछि राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा हवाई सेवा प्रभावित भएको हो । नेपालगञ्ज, सुर्खेतबाट उडान भर्दै आएका नेपाल एयरलाइन्स, सिता, समिट र तारा एयरले हिमपातका कारण उडान भर्न नसकेका […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]