बाटो अवरुद्ध हुँदा विद्यालय जान विद्यार्थीलाई आवतजावतमा समस्या

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका वडा –४ मा रहेको हिल्दुम गाउँ र वडा नम्बर पाँचको विचमा पर्ने सिमा क्षत्रेमा रहेको खोलामा सडक निर्माण हुँदा बाटो बन्द भएपछि आवतजावतमा कठिनाई भएको छ । हिल्दुम गाउँका नागरिकलाई उक्त खोला नजिकको बाटो माथिबाट डोजरले सडक निर्माण गर्दा आवतजावतमा समस्या बनाएको छ । सडक निर्माण हुँदा गाउँबाट सदरमुकाम सिमकोटमा […]

बालविकास आधारभूत विद्यालय हिल्दुमको दुई कोठे विद्यालय भवन उद्घाटन

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर ४ को हिल्दुम गाउँमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको दुई कोठे विद्यालय भवन उद्घाटन बुधबार उद्घाटन गरिएको हो । गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले बालविकास आधारभूत विद्यालयमा निर्माण सम्पन्न भइ पठनपाठन सञ्चालनमा ल्याउनका लागि दुई कोठे भवनको आज उद्घाटन गर्नुभएको हो । शैक्षिक सुधार कार्यक्रमको बजेट रु ३२ […]

मानसरोवर माध्यामिक विद्यालयमा स्मार्ट बोर्डबाट कक्षा सञ्चालन

सिमकोट । जिल्लाको सदरमुकाम सिमकोटमा रहेको मानसरोवर माध्यामिक विद्यालयमा आजबाट स्मार्ट बोड कक्षा सञ्चालनमा आएको छ । हुम्लामा प्रविधिको माध्यमबाट पठनपाठन गर्ने मानरोवर माध्यामिक विद्यालय पहिलो भएको हो । विद्यार्थीलाई कक्षा सञ्चालन गर्न सहजका लागि स्मार्ट बोर्ड कक्षा सञ्चालनमा ल्याइएको विद्यालयका प्रधानध्यापक अमर बहादुर शाहीले बताउनुभयो । आजै एक कार्यक्रमका विच सिमकोट गाउँपालिका अध्यक्ष विजय […]

लिमीका ५४ बालबालिकाले नियमीत र दादुरा–रुबेला विरुद्धको खोप लगाउन पाएनन्

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका बालबालिका दादुरा–रुवेला खोप लगाउनबाट बञ्चित भएका छन् । देशभर ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप लगाउने राष्ट्रिय अभियान सञ्चान भएपनि तील,जाङ र हल्जी गाउँका ५४ जना बालबालिकाले खोप लगाउन नपाएका हुन् । यहाँका बालबालिकाले यो राष्ट्रिय खोप मात्रै नभएर खोप मात्र नभएर बालबालिकाले नियमित रूपमा […]

सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ, एसइई दिने विद्यार्थी मर्कामा

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक दिन ११ घण्टा बढी लोडसेडिङ हुँदा यही चैतमा हुने एसइईको तयारी गरिरहेका विद्यार्थी मर्कामा परेका छन् । एसइईको परीक्षा नजिकिदै आएपनि चर्काे लोडसेडिङ हुँदा विद्यार्थीले साँझको समयमा पढ्न नपाएको गुनासो गरेका छन् । एसइई दिने विद्यार्थीलाई मात्रै नभएर अन्य विद्यार्थीलाई समेत घरमा गृहकार्य तथा लेख पढ््न समस्या बनाएको गुनासो […]

सिमकोट गाउँपालिकाले २०८१ का लागि शैक्षिक क्यालेन्डर प्रकाशन गर्ने

सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले २०८१ का लागि शैक्षिक क्यालेन्डर प्रकाशन गर्ने भएको छ । बुधबार विहान सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकिय शुवास आलेको संयोजकत्वमा शैक्षिक क्यालेण्डर निर्माण समिति गठन गरिएको हो । बैठकले २०८१ बैशाख १ गते पालिका भित्र रहेका प्रत्येक विद्यालयमा पुग्ने गरी क्यालेन्डर प्रकाशन गरिने भएको छ । गाउँपालिकाले शैक्षिक सत्र […]

ताँजकोट गाउँपालिकाले हटायो करार सेवाका कर्मचारी

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाले करारका कर्मचारीलाई सेवाबाट हटाउने निर्णय गरेको छ । ताँजकोट गाउँपालिकाले यसअघि करार सम्झौतामा काम गर्दै आएका गाउँपालिका कार्यालय, गाउँपालिकाबाट तलब भत्ता भुक्तानी हुने वडा कार्यालयका सबै करार सेवाका कर्मचारी, स्वास्थ संस्थाहरुका सबै करार सेवाका कर्मचारीहरु र विद्यालयहरुमा गाउँपालिकाको अनुदान अन्तर्गत सम्पुर्ण शिक्षक, विद्यालय कर्मचारी तथा बालबिकास सहजकर्ताहरुको […]

सिमकोटमा कक्षा ८ को परीक्षाफल लज्जास्पद

सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले विद्यालय तहको आधारभूत तह कक्षा ८ को परीक्षाफल केही दिनअघि मात्रै प्रकाशन गरेको थियो । गाउँपालिकाले आफु मातहतमा रहेका ९ वटा सामुदायिक १ निजी गरी दशवटा विद्यालयमा अध्ययनरत २ सय ३३ विद्यार्थीहरूको माघ ३ गते राति परीक्षाफल प्रकाशन गरेको हो । गाउँपालिका शिक्षा शाखाले प्रकाशन गरेको यसपटकको परीक्षाफल […]

चिसोले घाममा बसेर वार्षिक परीक्षा दिँदै विद्यार्थी

सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा चिसो बढ्दै गएपछि विद्यार्थीले घाममा बसेर वार्षिक परीक्षा दिन थालेका छन् । हुम्लामा विगतका वर्ष झै हिमपात नभएपनि चिसा अत्याधिक हुने हुँदा खुल्ला चौरमा डेस्क,बन्च राखेर विद्यार्थी यो वर्षको वार्षिक तथा अन्तीम परीक्षा दिइरहेका छन् । चिसोले सबैभन्दा वढी विद्यार्थीलाई समस्या बनाएको छ । चिसो बढेपछि यहाँका विद्यालयले खुला […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]