देउसी भैलो खेलेको रकमले रामदेव विद्यालयलाई पुस्ताकलय सहयोग

सिमकोट । काठमाण्डौंमा अध्ययन गर्दै आएका हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहेका विद्यार्थीले यो वर्षको तिहारमा देउसी भैलो खेलेर संकलित रकमबाट गाउँमा रहेको रामदेब माध्यामिक विद्यालयलाई पुस्तकलय सहयोग गरेका छन् । ठेहे उदयमान युवा क्लबको आयोजनामा काठमाण्डौंमा खेलिएको तिहारको समयमा खेलिएको देउसी भैलो कार्यक्रमबाट संकलित रु ५५ हजार बराबरको विभिन्न सामान्य द्दान, कथा,निबन्ध, साहित्य,गजल, लगायतका […]

नाम्खामा नियमित पठनपाठन गर्न पालिकाको निर्देशन

सिमकोट । संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकको संशोधन नभएसम्म नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको अगुवाईमा देशभरका विद्यालय असोज ३ गतेबाट बन्द हुनुका साथै विरोधमा उत्रिएको समयमा हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले नियमीत पठनपाठन गराउन निर्देशन दिएको छ । गाउँपालिकाले मङ्गलबार एक सूचना प्रकाशित गर्दै सार्वजनिक विदाको दिन बाहेक अन्य दिनमा नियमीत पठनपाठन गराउन पालिका मातहतका […]

विद्यार्थीलाई पोशाक र झोला सहयोग

सिमकोट ।  लामो समयदेखि हुम्लामा शिक्षा क्षेत्रमा काम गर्दै आएको आधार विकास नेपाल संस्थाले सिमकोट गाउँपालिका–८ साँता गाउँमा रहेको श्री बलभद्र आधारभूत विद्यालयका शिक्षक विद्यार्थीलाई स्कुल पोशाक र झोला सहयोग गरेको छ । आधार विकास संस्थाले विद्यालयमा अध्ययनरत १६३ विद्यार्थीलाई विद्यालय पोशाक र झोला सहयोग गरेको भने ४ जना शिक्षकलाई पोशाक सहयोग गरेको सोही संस्थाका […]

मानसारोवर बहुमुखि क्याम्पस सिमकोटमा अवदेखि नियमित पठनपाठन सन्चालन हुने ।

सिमकोट । जिल्ला सदरमुकाम सिमकोटमा रहेको मानसरोबर बहुमुखी क्याम्पसमा अवदेखि नियमित रुपमा पठनपाठन सञ्चालन हुने भएको छ । उक्त पठनपाठन कार्य आगमी साउन ७ गते आईबारबाट सुरु हुने भएको क्याम्पस प्रमुख दिपक भण्डारीले बताउनुभयो । विगत तीन वषदेखि विश्वभरि कोरोना भाइरसको संक्रमणले त्रास गरेपछि सो क्याम्पसको पठनपाठनलाइ पनि प्रभावित बनाएको थियो । त्यस यता नियमित […]

शैक्षिक सामाग्री सहयोग

सिमकोट । हिमाली जिल्ला हुम्ला लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दै आएको गुडनेवर्स इन्टरनेशनल नेपाल नामक संस्थाले शैक्षिक सामाग्री सहयोग गरेको छ । सिमकोट गाउँपालिका–५ मा रहेको बालमन्दिर माध्यामिक विद्यालयमा अध्ययनरत ६५ जना बालबालिकालाई वडाध्यक्ष चीन रावत र सोही विद्यालयका विद्यालय व्यवस्थापन समितीका सदस्य पार्वती रावतको उपस्थितीमा शैक्षिक सामाग्री सहयोग गरीएको हो । सहयोग गरिएका […]

विद्यालयका लागि जग्गा सहयोग

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–स्याडामा रहेको शैपाल माध्यामिक विद्यालयलाई यहाँका एकजना स्थानीयले आफ्नो व्यक्तिगत जग्गा सहयोग गरेका छन् । वडा–८ स्याडा गाउँका पुनिमल बुढाले विद्यालयलाई एक लाख ४० हजार मूल्य बराबरको जग्गा सहयोग गरेको वडाध्यक्ष कमल बुढाले बताउनुभयो । जग्गादाता बूढाले विद्यालयलाई चार सय वर्गमिटर जग्गा सहयोग गरेका हुन् । विद्यालयको नाममा खाली जग्गा नभएकाले […]

ताँजाकोटमा स्थानीय पाठ्यक्रमको पढाइ सुुरु

सिमकोट । हुम्लाको दक्षिणी भेगमा रहेको ताँजाकोट गाउँपालिकाले शुक्रबारबाट तयार पारिएको नयाँ स्थानीय पाठ्यक्रमको पालिका भित्र रहेका सामुदायीक विद्यालयमा पठनपाठन सुुरु गरेको छ । सात महिना लगाएर तयार पारेको पाठ्यक्रमको मस्यौदालाई सरोकारवाला पक्षले अनुमोदन गरेपछि कक्षामा पठनपाठन सुुरु गरिएको हो । गाउँपालिका शिक्षा शाखाका प्रमुख जयरुद्र ढकालले आजबाट गाउँपालिकाभित्रका १७ वटा विद्यालयमा शुक्राबारबाट एक साथ […]

अध्यक्ष भण्डारीद्धारा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालय भवन उद्घाटन

सिमकोट । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर ७ डाडाफयामा रहेको कैलाश माध्यामिक विद्यालयको चार कोठे भवनको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध) का साथै उपाध्यक्ष सुशिला रोकायाले उद्घाटन गर्नुभएको छ । आर्थिक वर्ष २०८९÷०८० को सोही कार्यक्रम अन्तरगतको रु ५५ लाख रकमको बजेटमा चार कोठे भवन निर्माण सम्पन्न भएर असार एक […]

दुर्गमको पिडा भुइँमा बसेर पढ्छन् विद्यार्थी

सिमकोट । सुन्दा अचम्म लाग्न सक्छ दुर्गम जिल्ला हुम्ला त्यसमाथि दुर्गम वस्तिका विद्यार्थीले भुइँमा बसेर पढ्नु पर्ने बाध्यता छ । जिल्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका–१ जैरको भिटागाउँको गणतन्त्र प्राथमिक विद्यालयको भवन नहुँदा बालबालिका खुला आकाशमुनि भुइँमा बसेर पठनपाठन गर्न बाध्य छन् । उनीहरु स्थानीयको बाँझो खेतमै बसेर पढ्न थालेको वर्ष दिन पुग्न लाग्दा पनि […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]