उत्पीडित जातीय मुक्ति समाज हुम्लाको सातौं जिल्ला अधिबेशन सम्पन्न

सुरेश परियार बिहिबार, बैशाख १८, २०८२

सर्केगाड – नेपाल उत्पीडित जातीय मुक्ति समाज हुम्लाको सातौ जिल्ला अधिवेशन जिल्लाको मध्येभेग सर्केगाडल गाउपालिका केन्द्रमा सम्पन्न भएको छ ।

श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ आज मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस अबसरमा “जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्न राष्ट्रिय नीति निर्माण गरौं, समानुपातिक समावेशी प्रतिनिधित्वको संवैधानिक अधिकार सुनिश्चित गरौं” भन्ने मुल नाराका साथ हिजोदखी सुरु भएको अधिबेशन सम्पन्न भएको हो ।

अधिबेशनबाट लालधुन टमटा अध्यक्ष रहने गरी अधिबशेन सम्पन्न भएको नेपाल उत्पीडित जातीय मुक्ति समाज हुम्लाको स्रोतले जानकारी दिएको छ । उपाअध्यक्षमा लक्ष्मि परियार. र बाँच्कन्ने नेपाली रहेका छन । सचिवमा उब्जन बि.क कोषाध्यक्षमा अमनी कटुवाल, उप सचिव आईतेराम वि.क. र सुनमती दमाई सहीत ३१ सदस्या मुक्त समाज जिल्ला कमिटी निर्बिरोध निर्बाचित भएको अध्यक्ष मण्डलका अध्यक्ष पर्वत सुनारले बताउनु भएको छन ।

नेकपा एमालेको जनसंगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज हुम्लाको सातौ जिल्ला अधिवेशनको नेकपा एमाले कर्णाली प्रदेश कमिटिका सदस्य श्री धन्ये परियार र नेकपा एमाले कर्णाली प्रदेश कमिटिका सदस्य तथा नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय सदस्था जस परियारले उद्घाटन गरेका थिए ।

जिल्ला कमिटिका अध्यक्ष लालधन टमटाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथी , मुक्ति समाज केन्द्रीय सदस्य तथा अदानचली गाउपालिका इन्चार्ज धन्धे परियार्र , मुक्ति समाज केन्दीय सदस्य एवं नेकपा एमाले प्रदेश कमिटि सदस्या जस परियार,नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष प्रकास बहादर शाही जिल्ला पाटी सचिब तिर्थराज बोहरा, सिमकोट गाउपालिका कमिटी अध्यक्ष कालि बहादुर सुनार र सर्केगाड गाउपालिका कमिटी अध्यक्ष गोकुल रावल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रमको सन्चालन अध्यक्ष मण्डलमा सदस्य सुरेस परियारले गरेका थिए भने स्वागत मन्तव्य मुक्ति जिल्ला कमिटिका उपाध्यक्ष उब्जन बिकले गरेका थिए ।सो अधिवेशनले पुनः लालधन टमटाको अध्यक्षतामा ३१ सदस्य जिल्ला कमिटि गठन गरेको मुक्ति समाज का अध्यक्ष लालधन ठमटाले जानकारी दिए ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]