ओली पक्षको निचोड : ‘माधव समूह पार्टी फुटाउन क्रियाशील गिरोहको संज्ञा’

नेपालचेक समाचारदाता सोमबार, साउन ३२, २०७८

काठमाडौं । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्षले पार्टीका बरिष्ठ नेता माधव कुमार नेपाल लगायतका केही व्यक्तिहरु पार्टी फुटाउन क्रियाशील रहेको निचोड निकालेको छ ।

अन्तर पार्टी निर्देशनमा ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपाललगायत केही व्यक्तिहरु पार्टी विभाजनका लागि सक्रिय रहेको निचोड निकालेको उल्लेख गरेको हो ।

‘यति हुँदाहुँदै पनि पार्टी एकताको पवित्र उद्देश्यका साथ यसबीच पार्टीले हदैसम्म लचिलो भएर प्रयास गरिरहेको छ।’ अपानिमा नेपाल समूहलाई गिरोहको संज्ञा पनि दिइएको छ ।

कार्यदलको गठन, १० बुँदे प्रस्तावको अनुमोदन र कार्यान्वयन गर्ने निर्णय तथा यसबीच अगाडि सारिएका विभिन्न प्रस्ताव यसै प्रयोजनका लागि रहेको तर एकपछि अर्को शर्त र असम्भव खालका मागहरू तेर्स्याउँदै पार्टी फुटाउने प्रयासलाई अन्तिम टुङ्गोमा पुर्‍याउने काम भइरहेको बताइएको छ ।

पार्टीका गुटगत बैठक भने रोक्न माग गर्ने, पार्टी सदस्यता नवीकरण नगर्न आह्वान गर्ने, पार्टीका नियमित काम र निर्वाचनका तयारीमा लाग्न नदिने, महाधिवेशन तयारी गर्न नदिने माग र दबाब दिने काम भइरहेको भन्दै स्वीकार्य नहुने उक्त निर्देशनमा उल्लेख छ ।

‘जेसुकै उद्देश्यले गरिएको भए पनि यस्ता मागले पार्टीलाई क्रमशः गतिहीन, निष्प्रभावी र पार्टीको वैधानिक हैसियत समाप्तिको दिशामा लैजान्छन्। तसर्थ यी मागहरू स्वीकार्य छैनन्’ निर्देशनमा भनिएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]