अदानचुलीका सबै वडामा एमाले कार्यालय स्थापना

नेपालचेक समाचारदाता मंगलबार, साउन २६, २०७८

काठमाडौं । केन्द्रमा पार्टी आन्तरिक विवादमा अल्झीएको वेला हिमाली जिल्ला हुम्लाको एमालेले भने आप्mना वडा स्तरका पार्टी कार्यालय स्थापनामा लागेको छ ।

जिल्लाको अदानचुली गाउँपालिकाका सबै वडामा आप्mना पार्टी कार्यालय स्थापना गरेर एमाले हुम्लाले आप्mनो पार्टी पुर्नजागरणको अभियानलाई तिब्रता दिएको हो ।

स्थानीय तहको आसन्न निर्वाचनलाई केन्द्रित गरेर माओवादी, कंग्रेसले गाउँमा राजनीतिक गतिविधि सञ्चालन गरेकै बेला एमाले अदानचुली गाउँ पालिका कमिटिको आयोजना पालिकाका ६ वटै वडामा आप्mना पार्टी कार्यालय स्थापना गरेको गाउँकमिटि अध्यक्ष बुध भण्डारीले जानकारी दिए ।

गाउँपालिकाको वडा नम्बर ४ बाट वडा स्तरिय पार्टी कार्यालय उद्घाटन शुरु गरेको एमालेले वडा नम्बर ६ को पार्टी कार्यालय स्थापना गरेसँग सबै वडा स्तरमा आप्mनो पार्टीको संयन्त्र निर्माण गरेको हो ।

एमाले अदानचुली–६ का कमिटिका अध्यक्ष भदौरे टमटाकोे अध्यक्षतामा आयोजना गरेको पार्टी उद्घाटन कार्यक्रममार्फत एमाले कर्णाली प्रदेश कमिटि सदस्य तथा अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले वडा पार्टी कार्यालयको स्थापना गरेपछि गाउँपालिकाका सबै वडामा स्तरमा आप्mना कार्यालय स्थापना गरेको हो ।

सबै वडामा पार्टी कार्यालय भएमा वस्ती र घरदैलोमा एमालेको अभियान पु¥याउने ध्येयले आफूहरु वडा स्तरको पार्टी कार्यालय स्थापनामा लागेको एमाले प्रदेश कमिटि अध्यक्ष फडेराले जानकारी दिए । उनका अनुसार वडा नम्बर १ को कल्खे थापागाउँ, २ को भण्डारी गाउँ, वडा नम्बर ३ को फडेरागाउँ, ४ को लौठी, ५ को माथिल्लो गरगई र वडा नम्बर ६ को पाल्समा पार्टीका वडा कार्यालय स्थापना गरिएको एमाले अदानचुलीले जनाएको छ ।

वडा कार्यालय स्थापना सँगै पार्टीको भरदैलो अभियानका क्रममा एमालेका अगुवा कार्यकर्ताहरुको टोली विभिन्न वस्ती र गाउँमा गएको बताइएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]