हिमाली जडीबुटी संरक्षण र दिगो व्यापार परियोजनाका लागि हुम्लाका पाँच पालिका छनोट

Nepal Chek मंगलबार, आश्विन ०१, २०८१

सिमकोट । हिमाली जडीबुटी संरक्षण र दिगो व्यापार परियोजना अन्तरगत हुम्लाका पाँच वटा स्थानीय तह छनोटमा पर्ने भएका छन् । सोमबार एक कार्यक्रम गरी जिल्लाका पालिकामा पाइने विभिन्न प्रकारका दशवटा भन्दा जडीबुटी र अन्तरपालिका छोएको आधारमा छनोट गरिएको जानकारी प्राप्त भएको छ । छनोट हुनेमा उत्ररी नाम्खा, सिमकोट, खार्पुनाथ, सर्केगाड र चंखेली गाउँपालिका रहेको एन्साव नेपालका वन अधिकृत तथा कोडिनिटर संग्राम हमालले बताउनुभयो ।

यो संस्था हाल दश वटा जिल्लामा लागु भएको उहाँले बताउनुभयो । अहिले २७ वटा जिल्लामा सर्वेक्षण गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो । जिल्लामा पाइने विभिन्न जडीबुटी जटामसी (भुल्तया), कटुकी, अत्तीस, सतुवा,पदमचाल्ना,सेतो चिनी, पाँच औंले, गुच्ची च्याउ, यार्चा लगायतका जडीबुटी पाउने आधारमा छनोट गरिएको उहाँले बतउाुनयभो । केही दिनमा पालिका स्तरमा गठन गरिने भएको जानकारी प्राप्त भएको छ । जिल्लामा पाइने जडीबुटीलाई दिगोपना दिनका लागि र जडीबुटीको उम्रिने सबै समय पूरा भएपछि निकासी गर्नु पर्ने जोड दिइएको छ ।

सामुदायिक वन उपभोक्ता समिति महासंघ हुम्लाका अध्यक्ष राजेन्द्र कार्कीको अध्यक्षतामा र जिल्ला समन्वय समितिका सदस्य तथा कार्यभाग प्रमुख सरीता रावतको प्रमुख आथित्यमा उक्त छनोट बैठक सम्पन्न भएको जानकारी प्राप्त भएको छ । यस्तै सामुदायिक वन उपभोक्ता समिति महासंघ समिति जिल्ला सचिव राज बहादुर शाही, सामुदायिक वन उपभोक्ता समिति महासंघ सिमकोट गाउँपालिका सचिव हेमन्त बोहराले आफ्नो भनाई राखेका थिए । भने कार्यक्रममा हुम्ला उद्योग बाणिज्य संघका अध्यक्ष राम बहादुर भण्डारी, सामुदायिक वन उपभोक्ता समिति महासंघ सिमकोट गाउँपालिका अध्यक्ष इनद्र लामा लगायत अन्य व्यापारी लगायतको उपस्थित रहेको थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]